सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका विकास निर्माणभन्दा बढी कमिसन र व्यक्तिगत स्वार्थको दलदलमा फसेको छ । गाउँपालिका उपाध्यक्ष गीता कुमारी सिंहको हठ र अस्वीकार्य मागकै कारण अहिले गाउँपालिकाको काम काज अवरुद्ध भएको छ भने गाउँपालिकाका कर्मचारीदेखि सर्वसाधारण सेवाग्राहीसम्म मारमा परेका छन् ।
गाउँपालिका अध्यक्ष सत्य नारायण यादवका अनुसार उपाध्यक्ष सिंह पटक–पटक आफुखुसी अड्डान बदल्दै गएकी छिन् । उनले खुलासा गरे, “प्रत्येक वडा र उपाध्यक्षलाई एक–एक करोड दिने सहमति भइसकेको थियो, तर उपाध्यक्षले बोली फेरिरहेकाले बजेट सार्बजनिकिकरण हुन सकेको छैन ।”
बजेट फाड्फाड नहुँदा गाउँपालिकाका कर्मचारीले महिनौं तलब पाउन सकेका छैनन् । दसैं–तिहार नजिकिँदा परिवार पाल्नै कठिन भएको उनीहरूको गुनासो छ । सेवाग्राही भने सामान्य कागजी कामदेखि विकास–निर्माणका योजना अड्किएपछि सरासर पीडित बनेका छन् ।
यता, उपाध्यक्ष सिंहले अब एक करोड होइन अढाइ करोड चाहिन्छ भन्दै गाउँपालिकाको काम-काज रोकिरहेकी छन् । साथै, आन्दोलनमा क्षति भएको घर पुनः बनाउनुपर्ने र हाल प्रयोगमा रहेको भाडाको घरमै कार्यालय बस्नुपर्ने उनको अडान छ ।
गाउँपालिकाका एक विश्वस्त स्रोतका अनुसार उपाध्यक्षले घर भाडा व्यवस्थापनमा अड्डि क्स्नुले संका को ग्न्ध भएको बताउछन । कि उनले पक्कै कमिसन खाने धन्दा चलाउँदै आएको हुनुपर्ने बताउछन,त्यसैले गाउँपालिका अन्यत्र सार्न उनले विरोध गरिरहेकी छन् ।
स्रोतका अनुसार, केही समूहले उपाध्यक्षलाई एक करोड २५ लाख दिलाइदिने सहमति गरे पनि उनले फेरि पाँच लाख थप माग्दै गाउँसभा रोक्ने नयाँ बहाना बनाएकी छन् ।
यसरी, जनताको करको पैसा विकासमा होइन, कमिसन र स्वार्थ पूर्तिको खेलमा बर्बाद भइरहेको गाउँपालिकाका कर्मचारीहरूले आरोप लगाएका छन् । एक कर्मचारीले दुःखेसो पोख्दै भने, “हामी तलब नपाएर परिवारलाई चाडपर्वमा लुगाफाटा र खानेकुरा दिन नसक्ने अवस्थामा छौं, तर नेताहरू कमिसनको हिसाब मिलाउन व्यस्त छन् ।”
गाउँपालिका अध्यक्ष र स्थानीयको आरोप बारे उपाध्यक्षलाई टेलिफोनमा सम्पर्क गरि बुझ्दा आफू भेटेर मात्र बोल्ने पन्छिडै प्रतिकृया दिए ।
जनताको दुःख र चाडपर्वको बेलामा समेत संवेदनशील नबनी, कमिसन र व्यक्तिगत फाइदालाई प्राथमिकता दिनु जनप्रतिनिधिहरुको हर्कत आफैं प्रमाणित हुने कुरा हो । बिष्णुपुर गाउँपालिकाको हालको अवस्था स्थानीय निकायलाई कब्जामा लिएर स्वार्थको खेती गर्ने प्रवृत्तिको जीउँदो उदाहरण बनेको छ ।




















