सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–१, भगवानपुर चोक नजिक लागुऔषधसहित ४ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना भारतीय नागरिक र १ जना नेपाली रहेका छन् ।
गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी पोस्ट भगवानपुरबाट खटिएको टोलीले भगवानपुर चोकदेखि करिब १०० मिटर पश्चिमतर्फ चेकजाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा प्लास्टिकसहित ४१.९७ ग्राम र प्लास्टिक बाहेक ४० ग्राम लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । साथै उनीहरूले प्रयोग गरेको BR 32 AX 1483 नंम्बरको १२५ सीसी पल्सर मोटरसाइकल समेत बरामद गरिएको छ ।
पक्राउ पर्नेहरूः भारत, बिहार, मधुबनी जिल्ला, लौकही थाना, झौहरी ग्राम घोवयाही–१ का २४ वर्षीय मो. मिस्टर भारत, बिहार, मधुबनी जिल्ला, खुटौना थाना, प्रसाही पुर्वी ग्राम मुरारपट्टीका ३८ वर्षीय अख्तर हुसेन भारत, बिहार, मधुबनी जिल्ला, लौकही थाना, झौहरी ग्राम घोवयाही–१ का २३ वर्षीय मो. मुस्तफा नेपाल र सप्तरी जिल्ला, खडक नगरपालिका–६ का ४२ वर्षीय आविद हुसेन
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा ल्याइएको छ । यस सम्बन्धमा म्याद थपका लागि सिरहा जिल्ला अदालतबाट ५ दिनको अनुमति लिइएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




















