सिरहा | सिरहा जिल्लाको लहान नगरपालिका–११ स्थित पडरीया टोलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले विशेष अपरेशन चलाएर दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उक्त अपरेशनमा २८ वर्षीय घरधनी मिथलेश कुमार चौधरी र २४ वर्षीय राज नन्दन चौधरीलाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूको साथबाट १२४.६२ ग्राम खैरो हेरोइन, नेपाली रुपैयाँ २ लाख ८६ हजार ७१०, भारतीय रुपैयाँ १ हजार २५०, सुन जस्तो देखिने दुई थान गहना, डिजिटल तराजु, मोबाइल फोनलगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवैलाई लागुऔषध सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान जारी राखिएको छ। उनीहरूलाई २०८२ असार २० गते जिल्ला अदालत सिरहामा पेश गरिएको छ।




















