मिथिला रत्न,सिरहा । सिरहाको सुखीपुर नगरपालिकाले आफ्नो कालो कर्तुत लुकाउन सूचना नदिदा स्थानीयहरुले तालाबन्दी गरेका छन ।
उनिहरुले नगरपालिका सङ्ग पटक-पटक सुचनाको हक सम्वन्धि ऐन २०६४ वमोजिम निवेदन दिदा समेत वेवास्ता गरेको भन्दै स्थानीय द्वारा तालाबन्दि गरेका छन ।
मेयर राम औतार यादबले समुह नै बनाएर नगरपालिकामा संगठित भ्रष्टाचार बढाएको भन्दै आरोप लगाएका छन । उनिहरुले एउटै सडकमा दुइवटा कोटेशन गरि भ्रष्टाचार गरेको बताए ।
उनिहरुका अनुसार एउटै सडक योजनामा दुईपटक कोटेशन देखाएर व्यापक भ्रष्टाचार गरिएको छ। साथै, नगरपालिकाले आ.व. २०८०/८१ को नगर सभाबाट पारित रातो किताव, कार्यपालिका बैठकका निर्णय, ह्याण्डपम्प वितरण विवरण, र चालु आर्थिक वर्ष ०८१/८२ का योजनाको खर्च विवरण लगायतका दस्तावेज सार्वजनिक गर्न माग गरिएको छ।
सूचना माग समितिका सन्योजक तथा युवा नेता समेत रहेका मिथुन यादबले सूचना नदिए सम्म नगरपालिकाको प्रशासकिय कक्ष,आर्थिक शाखा र योजना शाखामा तालाबन्दी नखोल्ने बताए ।




















