सिरहा, चैत ९ – सिरहामा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती गरिएको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेका छन्। उनीसँगै पूर्ववडाध्यक्ष दिलीप यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यका अनुसार उनीहरूलाई शुक्रबार बेलुकी पक्राउ गरिएको हो। प्रहरीले घटनाबारे थप सोधपुछ गरिरहेको छ भने पीडित परिवारबाट शनिबार जाहेरी लिने तयारी भइरहेको छ।

यस घटनाले समाजमा जातीय विभेद र दमनको विषयलाई फेरि सतहमा ल्याएको छ। प्रहरीले यस विषयमा गम्भीर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ।