सिरहा । मेयर हुनु,त लहानको जस्तो हुनु जसलाई हठ्ठी भनौ कि सठ्ठी मेयर । 

म सानो छदा एकजना गणित पढाउने शिक्षक हुनुहुन्थ्यो,जसले मलाई असाध्यै माया गर्नुहुन्थ्यो जो अहिले मान्सिक पटलमा अझै ताजै छन ।  

उहाँ भन्नुहुन्थ्यो,एक जना ब्यापारी थियो,जो असाध्यै हठ्ठी थियो । ब्यापारिले एक जना साहु सङ्ग ऋण लिए र फर्काउने नाममा कुरै नसुन्ने  खालका थिए । पछि साहु हैरान भएर पन्चैती राखे,पन्चैतिमा तिमि त्यस्को पैसा फर्काउन भने उनले भने म दिन्न । नदिने कुरा भए पछि उनलाई दण्ड गरेछन । दण्डमा तिनवटा कुरा सुनाए छन,सुरुमा पैसा तिर्ने वा तीस लठ्ठी खाने कि तीस वटा प्याज खाने । 

बेइमान ब्यापारीले सोच्दै तीस वटा प्याज खाने निर्णय गरे,प्याज खादा खादै १० वटा खाएपछि नसकेर फेरि अर्को निर्णय लिन्छन म तीस लठ्ठी नै खान्छु, बीस लठ्ठी खाइसकेपछि म अब  सक्दिन भन्दै पैसा नै तिर्छु भन्दै पैसा फर्काए । 

भन्छ बुझ्नेलाइ शब्दको बाण यस्तो बाण हो जो मानिसलाई आत्माहत्या गराउन बाध्य बनाउछन । एक बोलीमै बिकाश र विध्वंस मच्चाउन देर लग्दैन्न । एक जना हाम्रो पडोसि सर भन्नुहुन्छ  बालबालिकालाई पढाउने शिक्षकको दिमाग पनि बच्चा जस्तै हुन्छ । त्यसैले होला लहानका मेयर पनि होटेलहरुको उद्घाटन गर्न आतुर हुन्छन । जाहा अधिकान्स होटलहरुमा अबैध कारोबार  भइरहेको तथ्यान्क भएको स्रोतको दाबी छ,तर यस्तो त्याहा छैन । हुन त एउटा पबित्र आश्रमलाई पनि लोकल दारुको छिटाले छोडेन्न । पबित्र बिचारकको आत्माले पनि सराप्दै होलान । 

लहानमा अरु व्यापार ब्यवसाय नफस्टाए पनि होटलको व्यापार निकै फस्टाएका छन । फस्टाउनु पनि राम्रो नै हो एउटा सुखद क्षणको सुरुवात हो । होटेल ब्यवसायी संघको अध्यक्ष हुनुपर्नेले नगर को अधिपती राजकाज सम्हालेका छन । 

गाउँघरमा छोरा हुँदा पमरिया नाच गराउन पर्छ र छोरालाई नचाउन तेस्रो लिङ्गिले बोल्ने बोली झै आधी केटि र आधी केटाको आवाज निकाल्नेको स्वर निकै सुमधुर हुन्छन । 

कमाइ त राम्रै हुन्छ तर याहा होईन ट्रेनमा । "ए मिसिर जि तोहरा से निक बाते नाचके लोब्न्डा भन्ने एउटा भोजपुरी गितको उदाहरणका पात्र प्रमुखहरुको पनि कमि छैन्न । लहानलाई भनेको होइनन्  यो देशमा लहान झै अरु ठाउँहरु पनि छन । 

गलत व्यक्तिको उदाहरण दिएर गलत कार्य सहि हुन सक्दैन । अधिकांश गलतै गलत भएकैले गलत भयो भनेर आवाज उठेको हो । त्यसैले उसलाई किन छुट दिइयो , उसलाई मात्र किन दबाइयो ? भनेर बेकारको कुरा नगर्दा नै बेस !!

जाडो कसरि काट्डो होला मेयर साब भन्नेलाइ उहाले कम्बल बितरण गर्न ब्यस्त हुनुहुन्छ । झण्डै लहान नगरपालिकामा महिला उपप्र्मुख आएन्न यो सौभाग्यको कुरा हो,सिसि क्यामरा जडान गर्ने खर्चको बचत भएछन ।

लामो समय खडेरी पर्यो भने इन्द्रले पानी वर्षाउन नचाहेको मानेर उनलाई उत्तेजित पारेपछि पानी पर्छ भन्दै महिलाहरूले सर्वांग नांगिएर मध्यरातमा हलो जोत्ने चलन हाम्रो समाजमा अहिलेसम्म व्याप्त छ । यस्तै लामो समय खडेरी परेको बेला ‘पानी देऊदेऊ, महादेव पानी देऊदेऊ’, भन्दै घर–घरमा स्याउलाले पानी छ्याप्दै हिँड्ने चलन पनि छ । अझै बाजा बजाएर भ्यागुता–भ्यागुतीको विवाह गरिदिएपछि पानी पर्छ भन्ने विश्वासका साथ विवाह गरिदिने चलनसमेत पाइन्छ । यस्ता 

साँच्चै पानी नपर्नुको कारण इन्द्र बेखुस भएर वा उत्तेजित नभएर हो ? भ्यागुताको विवाह नभएर हो ? त्यसो हो भने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमानको लागि विज्ञान र प्रविधिको प्रयोग गर्नै परेन ।

आफैमा सर्बगुण सम्पन्न रहेका मेयरका सल्लाहकारहरुले पनि राम्रो गुण नसिकाएर किसानलाई पीडा माथी थप पीडा थपिरहेका छन ।