सिरहा । सिरहा प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका-२४ का वडा सदस्य भोगिन्द्र पासमानलाई प्रहरीले पक्राउ गरेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बिरेन्द्र पासमानले 

उनलाई सोमबार नै लहान-१० बाट पक्राउ गरि जिल्ला अदालत सिरहामा दाखिला गरि कैद भुक्तानका लागि मंगलबार(आज) कारागार पठाएको जानकारी दिए । 

०७९ को स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट वडा सदस्यमा चुनाव लडेर जितेका थिए । 

केही वर्ष पहिले जिल्ला अदालत सिरहाबाट उनी छुटेका थिए । त्यसपछि मुद्दा उच्च अदालतमा पुग्याे ।  उच्च अदालत जनकपुर राजबिराज ईजलासले २०८० फागुन ८ गते १४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना फैसला गरेका छन् ।