सिरहा । देशमा पार्दर्शिता, सुशासन, र भ्रष्टाचार विरुद्धको जेन्जी आन्दोलनमा ७० जना भन्दा भढिको मृत्युवरन भयो। सैकडौ युवायुवतीहरु घाइते भए। सुशासन र भ्रष्टाचारको विरुद्धमा अर्बौंको क्षती भयो। तरपनी, व्यवस्थामा सुधार आउन सकेको छैन। जनता अझैपनी निराष छ्न। भ्रष्ट कर्मचारीहरु र बिचौलिया बिचको सम्बन्ध उस्तै छ। यसको एउटा उदाहरण हो। सिरहाको नापी र मालपोत कार्यालय । यी अड्डाहरुमा बिना घुस सेवाग्राहीको एउटापनि काम नहुने गरेको सेवाग्राहीको गुनासो छ।
सिरहाको नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग खुलेआम घुस रकम लिएर काम गर्ने गरेको पाइएको छ। सिरहास्थित नापी कार्यालयका कर्मचारीहरुले कार्यालय प्रमुखकै निर्देशनमा, सेवाग्राहीसँग किता एकीकृत गराउन, किताकाट, ब्लु प्रिन्ट लगायतका काममा विचौलिया तथा कर्मचारीहरु आफैँले खुलेआम अतिरिक्त रकम लिने गरेको पाइएको हो।
नापी कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरुको सेटिङमा सेवाग्राहीसँग घुस लिएर मात्र कागजी प्रक्रिया अगाडि बढाउने गरेको पीडित सेवाग्राहीहरु बताउँछन्। लामो समयपछि किताकाट खुलेकाले सेवाग्राहीको चाप बढेसंगै प्रक्रियाबाट समेत मिल्नेकाममा नापी र मालपोतबाट हुने सबैखालका काम विनाघुस नहुने गोलबजार नगरपालिकाका सेवाग्राही ज्ञान सिंहले बताए।
उनले भने, ‘म आफ्नै नामको दुइवटा कितालाइ एकीकृत गराउने सबै प्रक्रिया पुर्याएर करिव १० दिनदेखि कार्यालाय धाउदै छु। यो सामान्य काम गराउन जबसम्म सिरहा नापी कार्यालयका कर्मचारी राजेश खाँगलाइ १० हजार रुपैया दिन तयार भएन तब सम्म प्रक्रिया अगाडी बढेन। यो कस्तो सुशासन हो? प्रतिप्रश्न गर्दै उनले भने, ´ म मात्रै हैन यो कार्यालय आउने सबै सेवाग्राही ठगिएको छ। कोहि कित्ताकाटको नाममा त कोहि आफ्नै जग्गा एकीकृत गराउने नाममा ठगिन्छ्न।
अर्का सेवाग्राही गणेश यादव भन्छन् , ´जग्गा पास गराउने सबै कागजात पूरा हुँदा र प्रक्रिया पूरा गरेर बुझाउँदा समेत काम गराउन घुस दिनु पर्यो । किताकाट गराउन लम्बाई मिलेन चौडाइ मिलेन भन्दै सुरुमा २० हजार माग्यो। रकम धेरै भयो भन्दा अन्तिममा बाध्य भएर १३ हजार रुपैयाँ दिनुपरेको उनको गुनासो छ। घुस नदिएका कारण ढिलोगरी काम हुदो रहेछ। घुस नदिएको भए काम नै नहुने रहेछ । नापी कार्यालयले समयमा काम नगरिदिँदा जग्गा पासको काम पनि त्यसदिन हुन सकेन।’ उनले थपे‘मेरो भरदिन त्यहि काममा बित्यो, तर ति सर्वेक्षकले मसँग अतिरिक्त रकम नलिएसम्म कागजात नै दिएन। मैले पनि कति हैरानी झेल्नु भनेर अन्तमा घुस दिएरै काम गराए।´
हुनत नापी र मालपोत कार्यालय घुस्याहा अड्डाकै रुपमा चिनिन्छ । यी कार्यालयहरुमा सेवाग्राहीको आत्याधिक भिडभाड लाग्ने गरेकाले त्यसको फाईदा उठाउँदै अमिनहरुले अतिरिक्त रकम माग्ने गरेका छन्। उनीहरुले सेवाग्राहीलाई भिडको बहाना देखाउँदै आज काम नहुनेभन्दै फर्काउने र अतिरिक्त रकम नदिनेको काम ढिलो गर्ने गरेको लेखापढि व्यवसायीहरुको भनाइ छ।
घुस खुवाउन नसक्ने सेवाग्राही सेवाबाटै बन्चित हुने स्थिति बारे प्रतिक्रिया लिन खोज्दा नापी कार्यालय सिरहाका प्रमुख जनक राज ओझाले पत्रकारहरुलाइ कार्यालयमै दुर्ववहार गरेको छ। कार्यालयमा भएको अनियमितता र घुस लेनदेनले सेवाग्राही मर्कामा परेको विषयमा प्रतिक्रिया नदिइ उल्टै कार्यालयमा प्रतिक्रियालिन पुगेका संचारकर्मी द्वेय आशिष बिस्वकर्मा र मुकेश कुमार यादबलाइ अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको हो।
कार्यालय प्रमुख ओझा र सेवाग्राही संग गरिएको कुराकानीले नै यो अडामा कतिको आर्थिक सेटिङ्ग भएर कामकाज भैइरहेको पनि पुष्टि गर्छ।
सिरहाका अधिकांश भीडभाड हुने अडाहरु मालपोत कार्यालय, नापी कार्यालय, भूमि सुधार, जिल्ला प्रशासन कार्यालयमा दिनहुँ सेवाग्राहीहरु ठगीने गरेको स्थानियहरु बताउछन् ।




















