मिथिला रत्न,सिरहा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सिरहा जिल्ला समितिले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फका उम्मेदवारहरू सिफारिस गर्दै सात जनाको नाम केन्द्रमा पठाएको छ।

सिफारिस सूचीअनुसार श्रवण यादव, दिलिप साह, धर्मनाथ प्रसाद साह, महेन्द्र पासवान, अजय शंकर नायक, प्रमोद नारायण यादव र सतेन्द्र यादवको नाम केन्द्रमा पठाइएको हो।

पार्टी स्रोतका अनुसार सिफारिस गरिएका उम्मेदवारमध्ये श्रवण यादवलाई संगठन, जनसमर्थन र सक्रियताका आधारमा सबैभन्दा बलियो दाबेदारका रूपमा हेरिएको छ। स्थानीय तहदेखि निरन्तर पार्टी गतिविधिमा सक्रिय रहँदै आएका यादवको क्षेत्र नं. ४ मा राम्रो पकड रहेको नेताहरूको भनाइ छ। उनी हाल मिर्चैया नगरपालिका का नगर प्रमुख रहेका छन ।

यद्यपि उम्मेदवारको अन्तिम टुंगो पार्टीको केन्द्रिय कमिटीले आवश्यक छलफल, मूल्यांकन र मापदण्डका आधारमा गर्ने जनाएको छ। नेकपा सिरहाले निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र जनसम्पर्क अभियानलाई तीव्र बनाएको छ।