सिरहा । बानेश्वरस्थित संसद भवन नजिकै आयोजित Gen Z विरोध प्रदर्शनका क्रममा लहान–१५ का विजय चौधरीले दुःखद रूपमा ज्यान गुमाएका छन्। उनीले श्रीमती र एक सानी छोरीलाई पछाडि छाडेका छन्।
यो पीडादायी घडीमा Gen Z का एक अगुवा बब्लु गुप्ता नेतृत्वमा एक टोली लहानस्थित चौधरीको घर पुगेको छ। तत्काल राहतस्वरूप परिवारलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ।
गुप्ताले विजयको परिवारलाई निरन्तर सहयोग आवश्यक रहेको भन्दै समाजलाई एकताबद्ध हुन आह्वान गरेका छन्। उनका अनुसार परिवारको आधारभूत जीवनयापन र छोरीको भविष्य सुनिश्चित गर्न दीर्घकालीन सहयोग अपरिहार्य छ।
“न्यायको लडाइँमा अगाडि उभिएका तर बलिदान दिन बाध्य भएका परिवारलाई हामी सबैले सम्भव सहयोग गर्नु नै आजको कर्तव्य हो,” गुप्ताले भने।
Gen Z युवाहरूले इच्छुक व्यक्तिहरूलाई योगदान वा सहयोग गर्न आग्रह गर्दै, “हरेक थोरै सहयोगले ठूलो महत्व राख्छ,” भन्ने सन्देश सार्वजनिक गरेका छन्।




















