मिथिला रत्न,सिरहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–११ स्थित गोर्खाज फाइनान्स लिमिटेडमा तीन वर्षअघि भएको डकैती, शरीर बन्धक र संगठित अपराध घटनामा संलग्न एक फरार प्रतिवादी पक्राउ परेका छन ।

लहान नगरपालिका–२० का श्रीदेव महतो २०७९ साल चैत १४ गते भएको डकैतीपछिको अनुसन्धानमा फरार रहेका थिए। उनलाई गोप्य सूचनाको आधारमा विशेष प्रहरी टोलीले बरियारपट्टी गाउँपालिका–३, चमार टोलस्थितबाट लुकीछिपी बसिरहेको अवस्थामा प्रहरिले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका महतोमाथि चोरी, डाँका, शरीर बन्धक र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट जिल्ला अदालत सिरहामा पेश गरिएको प्रहरी नायब उपरिक्षक बिरेन्द्र पासवानले जनाएको छ।

डकैतीको शैली र विवरण

२०७९ चैत १४ गते राति करिब १२:१५ बजे एक समूह नाकाबन्दी गर्दै पेस्तोल र धारिलो हतियारसहित गोर्खाज फाइनान्सको तल्लो तलामा पुगेर त्यहाँ बसोबास गर्ने कर्मचारीहरूलाई हतियार देखाई कुटपिट गरे, नशालु इन्जेक्सन लगाई बंधक बनाए

उनीहरूले फाइनान्सको कार्यालयको झ्याल र ग्रिल फोडेर माथिल्लो तलामा प्रवेश गरी रु. २,५७,२७९ नगद, साथै फाइनान्सका कर्मचारीहरूको मोबाइल उपकरणहरू –

  • POCO X3 Pro (१ थान)

  • Realme मोबाइल (१ थान)

  • Samsung Galaxy J2 (१ थान) – लुटेका थिए।

यसबाहेक, कार्यालयमा रहेको जिन्सी सामानमा तोडफोड गरी जम्मा रु. १०,२८,७१४ बराबरको सम्पत्तिमा क्षति पुर्‍याइएको थियो।