मिथिला रत्न,सिरहा । मालपोत कार्यालय सिरहामा कार्यरत कार्यालय सहयोगी राजकुमार राय पक्राउ परेका घरमा अबैध कागजात फेला परेका छन ।
प्रहरीका अनुसार, रायलाई उनकी पत्नीले परस्त्रीसँगको सम्बन्ध राखी मानसिक यातना दिएको भन्दै उजुरी दिएपछि नियन्त्रणमा लिइएको हो। सिरहा नगरपालिका–७ स्थित एक घरबाट उनलाई एक महिलासहित पक्राउ गरिएको हो।

पक्राउ पछिको अनुसन्धानक्रममा सिरहाको सदरमुकाममा रहेको सिचाइ विकास डिभिजन कार्यालय नजिकै रहेको रायको घरमा प्रहरीले शुक्रबार खानतलासी गरेको छ।
खानतलासीका क्रममा मालपोत कार्यालयसँग सम्बन्धित विभिन्न अबैध कागजातहरू फेला परेको वडा नं. ७ का वडाध्यक्ष विनोद यादवले जानकारी दिए। उनले भने, “प्रहरीले तलासी गर्दा मालपोतका कामसँग जोडिएका कागजपत्र भेटिएका छन्, अनुसन्धान भइरहेको छ।”
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता बिरेन्द्र कुमार पासमानका अनुसार रायमाथि हाल आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।