सिरहा । प्रहरीले गोलबजार नगरपालिका ११ बलकावाबाट कटुवा पेस्तोल सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। बलकावामा लागेको भवरीमेलाबाट प्रहरीले गोलबजार नगरपालिका १२ बेतौनाका १९ वर्षिय प्रमोद ठाकुर र विष्णुकुमार महतोलाई एक थान कटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको हो।
मेलामा झगडा गरी भाग्ने क्रममा ईलाका प्रहरी कार्यालय गोलबजारबाट सई श्याम प्रकाश यादवको कमाण्डमा मेला सुरक्षार्थ खटिएका प्रहरीले ठाकुरको साथबाट कटुवा र महतोको साथबाट फलामको नक फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत सिरहामा हातहतियार सम्वन्धि मुद्दामा आजै पाँच दिनकाे म्याद थप गरी आवशयक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी गराएका छन ।




















