सिरहा । सिरहाको धनगढिमाइ नगरपालिका–६ मोथियाहीमा आइतबार आफ्नै पडोसिलाई निर्घाट कुटपिट गरि घाइते बनाएका छन ।
स्थानीय प्रदिप यादबले आफ्नो भाइ,छोरालाई लिएर आफ्नै पडोसि सत्रुधन यादबको घरमा पसि धाक्धम्कि सहित अचानक घरमा आइ कुटपिट गरेका छन । कुटपिट गर्दा जितेन्द्र यादब,जिबछि देबि यादब,पुरनि यादब र बिमला यादब गम्भिर घाइते भइ नोबेल हस्पिटल बिराटनगरमा भर्ना भएको परिबारजनले बताएका छन ।
झडपमा परेर गम्भीर घाइते भएका पीडित परिवारका सदस्यहरूले कानुनी न्यायको माग गरेका छन ।
घटनाको विषयमा धनगढिमाइ नगरपालिकास्थित प्रहरी चौकीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
घटनाको खबर पाएपछि स्थानीय प्रहरी घटनास्थलमा पुगेको र अनुसन्धान सुरू गरेको जनाएको छ। पीडित पक्षले दोषीहरूलाई कडा कारबाहीको माग गरेको छ।




















