सिरहा । मधेस प्रदेश सभा सदस्य सहिदा खातुन र उहाँको परिवारमाथि गोलबजार नगरपालिका-१३ दुर्गापुरमा योजनाबद्ध रूपमा सांघातिक हमला भएको छ ।
एक समुहमा आएका व्यक्तिहरूले लाठी, भाटा, र वियरको बोतलले प्रहार गरी उहाँलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेका थिए ।
यस हमलामा सहिदा खातुनसहित परिवारका अन्य सदस्यहरू गम्भीर रूपमा घाइते भई अस्पताल भर्ना भएका छन् ।




















