सिरहा । देशभर भइरहेका अविरल वर्षाका कारण सिरहाको बिष्णुपुर गाउँपालिकाका पाँचै वडाका जनजीवन प्रभावित बनेको छ। वर्षाको पानीका कारण गाउँभित्र आवतजावतमा कठिनाइ सिर्जना भएको छ भने दैनिक उपभोगका सामग्री र खानेकुराको आपूर्ति पनि प्रभावित बनेको छ।

यस परिस्थितिमा स्थानीय युवाहरुले मानवता र सहानुभूतिको भावनासहित विपन्न परिवार र बाढी–पानीले प्रभावित व्यक्तिहरूलाई सानो सहयोगका रूपमा चुरा, चाउचाउ, बिस्कुट, खानेपानी लगायतका सामग्री आवश्यक परेमा उपलब्ध गराउन सकिने जानकारी दिएका छन्।

स्थानीय युवाहरूको टोलीले जनसमुदायबीच सहयोग समन्वयको जिम्मेवारी पनि लिएका छन्। सहयोग चाहिएको खण्डमा निम्न स्वयंसेवीहरूसँग सम्पर्क गर्न सक्नेछन् —

क्र.सं.

नाम

मो. नम्बर

टोल / वडा

संतोष यादव

9815829147

नमटोलि मुसहरी

प्रबिन यादव

9817744481

राजपुर

संतोष यादव

9817722077

रजोखर

श्रवण यादव

9813583312

कैवाहा

उपेन्द्र यादव

9825781100

बिष्णुपुर बजार

अनिल कुमार यादव

9815741168

गोरीपुर

मोहित यादव

9819795502

लक्स्मिपुर

स्थानीय युवाहरूले अविरल वर्षाले ल्याएको चुनौतीका बीचमा पनि “मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने सोचसहित राहत र सहयोगका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।