कृष्णा यादव
सिरहा । नवराजपुर गाउँपालिका कार्यालय तथा गाउँपालिका अध्यक्ष शिव उदगार यादव (शिवा) विरुद्ध दायर गरिएका रिट निवेदन अदालतबाट खारेज भएका छन्। गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी यादव, वडा नं. १ का अध्यक्ष नविन कुमार यादव, वडा नं. २ का अध्यक्ष सुरेश यादव, वडा नं. ३ का अध्यक्ष बन्सिलाल यादव तथा वडा नं. ४ का कार्यवाहक अध्यक्ष देवराम यादवलगायतबाट गाउँपालिका कार्यालय र अध्यक्ष यादवविरुद्ध रिट दायर गरिएको थियो। उक्त रिट अदालतले खारेज गरेको जनाइएको छ।
त्यसैगरी रामसखी देवी मण्डल र सूर्यनारायण ठाकुरबाट दायर गरिएको अर्को रिटसमेत खारेज भएको छ। गाउँसभा कानुनसम्मत नभएको तथा आवश्यक बहुमत नपुगी निर्णय गरिएको दाबी गर्दै रिट निवेदन दायर गरिएको थियो। अदालतको निर्णयसँगै उक्त विषयमा दायर गरिएका दुवै रिट खारेज भएका छन्। रिट खारेज भएपछि गाउँपालिका कार्यालय तथा अध्यक्ष यादवविरुद्ध उठाइएको कानुनी विवादमा अदालतको निर्णय सार्वजनिक भएको हो।
स्थानीय तहका निर्णय तथा गाउँसभासम्बन्धी विषयमा असहमति भए कानुनी प्रक्रियामार्फत अदालत जाने अधिकार सम्बन्धित पक्षलाई हुन्छ। सोही प्रक्रियाअनुसार दायर भएका रिटमा अदालतबाट निर्णय आएको हो।




















