सिरहा ।  मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) लालमणि आचार्यको घुमुवा भन्दै प्रहरी सहायक हवल्दार राजिव पटेलले जिल्ला जिल्लाका तस्कर र व्यापारीलाई भेट्ने गरिरहेको समाचार प्राप्त भएको छ । सहायक हवलदार पटेलको दरबन्दी सिरहा जिल्ला भएपनि उनी बेला–बेलामा पर्सा, बारा, रौतहट लगायत मधेश प्रदेशकै जिल्लाहरुमा घुम्दै असुली धन्दामा लागि परेको प्रहरी स्रोतको दाबी रहेको छ ।

पटेलको दरबन्दी रहेको जिल्ला सिरहामा, उनी डियुटी नगरी मधेशका सबै जिल्लाहरुमा पुगी जिल्लाका तस्कर र व्यापारीलाई भेट्ने गरिरहेका छन् । 

सहायक हवल्दार पटेल बिगत एक बर्ष आगाडी सप्तरी जिल्लाको जिल्ला प्रहरी कार्यालयबाट घुमुवाको रूपमा कार्यरत्त रहेका थिए । त्यहाँ कार्यरत्त रहँदा प्रहरीलाई निकै बदनामी गराएको भन्दै पटेललाई सिरहामा सरुवा गरिएको थियो । सिरहामा आए पछि केही समय डियुटी गरे पनि हाल माथिल्लो निकायको आर्शीवाद पाएर पुनः घुमुवाको रुपमा कुंदीरहेका छन् ।

 डिआइजी लालमणि आचार्यले आंफुले एकजना घुमुवा पनि नराखेको बताउँनु भयो । प्रदेश प्रहरीबाट आंफुले कुनै घुमुवा परिचालन नगरेको बताउँदै उहाँले अब पनि नगर्ने बतांउनु भयो । तर सहायक हवल्दार राजिव पट्टेल भने आंफुलाई डिआइजीकाे घुमुवा भन्दै विभिन्न जिल्ला कुंदीरहेका छन् । जिल्ला जिल्लामा जाने तस्कर र व्यापारीहरूलाई भेट्ने काम उनले गरिरहेकाे जिल्ला जिल्लाका प्रहरीले नै बताएका छन् । उनी सिपाही हुदां जिल्ला प्रहरी कार्यालय महाेत्तरीमा घुमुवा थिए । 

तत्कालीन एसपी नलप्रसाद उपाध्यायले उनलाई आर्थिक संकलन गर्ने घुमुवाकाे रूपमा परिचालन गरेका थिए । त्यतिबेला गांजा काण्डमा ४ लाख घुष खाएको काण्ड लागेर एसपी नलप्रसाद उपाध्याय हेडक्वाटर तानिएका थिए। त्यसपछि दीपक पाेखरेलले निमित्त भएर जिल्ला चलाएका थिए । यही गांजा काण्डकाे कारण तत्कालीन अंचल प्रहरी कार्यालयका एसएसपी सुभाष चाैधरीकाे बढुवा पनि भएन । यो  गांजा काण्डकाे सेटिङ मिलाउने  नै यिनै घुमुवा राजिव पट्टेल भएको त्यतिबेला छानबिनबाट पुष्टि पनि भएको थियो । यसकाण्डमा पट्टेल निलम्बन पनि भए र पछि जागिर जाेडिएकाे हो । 

तत्कालीन एआइजी विजयलाल कायस्थले यो सबै काण्डमा छानबिन गराएका थिए। यिनै बदनाम पट्टेल अहिले  सिराहा दरबन्दी भए पनि प्रदेश भर प्रदेशको घुमुवा भन्दै हिडिरहेका छन् ।