मिथिला रत्न,सिरहा । सिरहाको लहान नगरपालिका का मेयर महेश चौधरीले लहान एक्सपो २०८० को नाउँमा नचनिया(केटी नर्टकि) उपर झण्डै आधी करोड लुटाएका छन ।
एक्सपो का लागि जिल्ला उद्योग वाणिज्य संघ, लहान लाई कार्यपालिकाको निर्णयको आधारबाट ४५ लाख अनुदान सहयोग निकासा दिएका छन ।

सो कार्यक्रमको पालिकाले संघसँग सम्झौता तथा शर्तहरु बिना नै निकासा गरि ब्यापक भ्रष्टाचार गरेको स्थानीयहरुले आरोप लगाएका छन ।
जिल्ला उद्योग वाणिज्य संघ, लहान लाई कुनै औपचारिक सम्झौता, शर्त तथा निगरानी प्रक्रिया विना नै दिइएको खुलेको छ। स्थानीय बासिन्दाहरूले यो कार्यलाई नैतिक पतनको चरम उदाहरण भन्दै मेयर चौधरीले 'नचनिया कार्यक्रम' मार्फत सार्वजनिक कोषको दुरुपयोग गरेको कडा आरोप लगाएका छन्।
एक्सपोका नाममा आयोजित कार्यक्रममा सांस्कृतिक सौन्दर्यको आडमा केटी नर्तकहरूको भव्य प्रस्तुति गराइएको थियो, जसमा लाखौं खर्च भएको जनाइएको छ।
यसरी सम्झौता बेगरको उक्त कार्यक्रममा दिएको अनुदानको अनुगमन समेत नभएकोले सोको सदुपयोग एवं प्रभावकारिता देखिएन भनि माहालेखा परिक्षण प्रतिबेदनले समेत सचेत गराएका छन ।