सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले १५औं नगरसभा अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७० करोड ११ लाख ७१ हजार ८ सय ८३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

शनिबार होटल रामजानकीमा आयोजित नगरसभामा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री संजयकुमार यादवको प्रमुख आतिथ्यमा नगर प्रमुख श्रवणकुमार यादवले उक्त बजेट प्रस्तुत गरेका हुन्। मन्त्री यादवले स्थानीय तहबाट सञ्चालित दिगो विकास तथा वातावरणमैत्री पहलको प्रशंसा गर्दै योजनाहरूलाई समावेशी र स्थानीय आवश्यकता अनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिए।

नगरपालिकाले सार्वजनिक गरेको बजेटमा आन्तरिक आय, मौज्दात, र विभिन्न तहका सरकारबाट प्राप्त अनुदान तथा राजस्व बाँडफाँड समावेश गरिएको छ। बजेट स्रोत विवरण यसप्रकार छ:

  • आन्तरिक आय, मौज्दात: रु. १४ करोड

  • नेपाल सरकारबाट राजस्व बाँडफाँड: रु. १२ करोड ४६ लाख ६ हजार ४३

  • प्रदेश सरकारबाट राजस्व बाँडफाँड: रु. ९४ लाख १० हजार ४०

  • साँव्त अनुदान (नेपाल सरकार): रु. २१ करोड

  • विशेष अनुदान (नेपाल सरकार): रु. ७६ लाख

  • सम्पूरक अनुदान (नेपाल सरकार): रु. ९० लाख

  • वित्तीय समानीकरण (नेपाल सरकार): रु. ३ करोड १६ लाख

  • सशर्त अनुदान (प्रदेश सरकार): रु. ९३ लाख

  • वित्तीय समानीकरण (प्रदेश सरकार): रु. ९ लाख ५० हजार

  • विशेष अनुदान (प्रदेश सरकार): रु. १ करोड

  • सम्पूरक अनुदान (प्रदेश सरकार): रु. ३० लाख

नगर प्रमुख यादवले बजेट प्रस्तुत गर्दै नगरवासीको विश्वास र जिम्मेवारीलाई उच्च सम्मान गर्दै समृद्धि र विकासको मार्गमा निष्ठापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले बजेट निर्माणमा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।