मिथिला रत्न,सिरहा । मधेश  प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको लागतमा निर्माणाधीन सडकमा गुणस्तरहिन काम भइरहेक छ । सिरहा नगरपालिका वडा नम्बर ७ मा ४५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको सडक ढलान माटोमै गरिएको पाइएका छन ।

"नामको लागि" मात्र ग्राभेल प्रयोग गरिएको छ, तर अधिकांश भागमा माटो नै हालेर ढलान गरिएको छ। यस किसिमको कामले सडक टिकाउ नहुने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। “यो त बजेट सकाउने नाममा कमिसनको खेल हो,” एक स्थानीयले भने, “काम हेर्दा देखिन्छ, सडकको आयु कति हुन्छ भन्ने अनुमान पनि गर्न सकिन्न।”

काम सुरु हुनु अगाडि कति बजेट विनियोजन गरिएको हो र कुन योजनाबाट सडक निर्माण भइरहेको हो भन्नेबारे प्रस्ट जानकारी सार्वजनिक गरिएको छैन। सडक निर्माणस्थलमा कुनै सूचना बोर्ड (होर्डिङ बोर्ड) पनि नराखिएको पाइन्छ, जसले पारदर्शितामा प्रश्न उठाएको छ। यसबारे पुर्बाधार बिकास कार्यालय सिरहा सङ्ग बुझ्न खोज्दा सम्पर्क हुन सकेन्न ।

सडक निर्माणमा देखिएको लापरबाहीप्रति स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल गुणस्तरीय निर्माण सुनिश्चित गर्न माग गरेका छन्।