सिरहा । सिरहा कल्याणपुर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेब यादवमाथि सम्पत्ति
सुद्धिकरणसम्बन्धी मुद्दा चलिरहेको बताइएको छ।

छोटो समयमा अकुत सम्पत्ति आर्जन गरेको र ती सम्पत्तिहरू आफन्तजनको नाममा राखिएको आरोप स्थानियबासीले लगाएका छन्।
उनी यसअघि तिल्कोट गाउँपालिका, माधव नारायण नगरपालिका र गढीमाई नगरपालिकामा समेत विवादास्पद भइसकेका व्यक्ति हुन् भन्ने आरोप पनि सार्वजनिक भएको छ।