लहान, २० फागुन । सिरहाको लक्ष्मीपुर पतारी-५ स्थित पत्थरगाहाको आधारभूत विद्यालयमा प्रधानाध्यापक (प्रत्र) राजदेव यादव छैटौ महिनादेखि विद्यालय नआउँदा पठनपाठन प्रभावित भएको छ। यादवविरुद्ध लेनदेशसम्बन्धी ठगी मुद्दा प्रहरीमा दर्ता भएकाले उनी फरार छन्। उनले विद्यालय व्यवस्थापन समितिलाई विरामी विदाको निवेदन दिएका छन्, तर लामो समयदेखि अनुपस्थित रहंदा बिद्यालयका अन्य गतिविधिमा ठूलो असर परेको छ।


विद्यालयमा कार्यरत शिक्षकहरूलाई बैटी महिनादेखि तलय नआएकाले आर्थिक समस्यामा परेका छन्। त्यस्तै, विद्यार्थीहरूका लागि सञ्चालित खाजा कार्यक्रमसमेत प्रभावित भएको छ। विद्यालयका शिक्षक रामनारायण यादवका अनुसार प्रधानाध्यापक अनुपस्थित रहेपछि विद्यालयको प्रशासनिक तथा शैक्षिक कार्य ठप्पजस्तै भएको छ। उनले भने, "छ महिनादेखि हामीले तलव पाएका चैनी, जसले हाम्रो परिवारको जीविकोपार्जनमा असर परेको छ।

खाजा वरर्यक्रम बन्द हुँदा विद्यार्थीहरू पनि मारमा परेका छन्।"

यस विषयमा लक्ष्मीपुर पतारी गाउँपालिकाका शिक्षा प्रमुख रामबालक पासवानले विद्यालय व्यवस्थापन समितिसंग समन्वय गरी उचित निर्णय गरिने बताए। उनले प्रधानाध्यापकविना तलव वितरण गर्न कानुनी समस्या रहेकाले आवश्यक प्रक्रिया पूरा गरेर मात्रै समस्या समाधान गर्न सकिने स्पष्ट पारे।

प्रधानाध्यापक यादवविरुद्ध जग्गासहित लेनदेन ठगी मुद्दा रहेको र उनलाई पकाउ गर्न प्रहरीले खोजी तीव्र बनाएको खोलले जनाएको छ। प्रहरीका अनुसार उनीमाथि लाखौ स्पैयां ठगी आरोप छ जसका कारण उनी लामो समयदेखि फरार छन्। विद्यालय व्यवस्थापन समितिले उनको अनुपस्थितिबारे पटक-पटक गाउँपालिकालाई जानकारी गराए पनि समस्या समाधान हुन सकेको छैन।

विद्यालय प्रशासन अस्तव्यस्त तदा विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा परेको छ। स्थानीय अभिभावकहरूले प्रधानाध्यापकको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण विद्यालय तहसनहस भएको भन्दै चांडो समाधान खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। यदि छिद्री पहल नभए बिद्यालयको शैक्षिक गुणस्तरमा गम्भीर असर पर्ने अभिभावकाहरूको चिन्ता छ । नबसंग्रामबाट