काठमाडौं । २ अर्ब रुपैयाँ भन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा चार भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश गोरखपुरका २२ वषीृय एमडी आरिफ हुसेन, उत्तर प्रदेश फत्तेपुरका ४२ वर्षीय अब्दुल कलाम, गोरखपुरकै २५ वर्षीय अभिशेष मदेसिया र फत्तेपुरका ४० वर्षीय इरफान पठान छन् ।

उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बुढानिलकण्ठको टोलीले पक्राउ गरेको हो । बूढानीलकण्ठको तौलुङमा घर भाडामा लिएर नउीहरुले अनलाइन जुवा तथा सट्टेबाजी खेलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

उनीहरूविरुद्ध पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।