पपुवा न्युगिनी पहिलो पटक टी २० विश्व कपमा

  • प्रकाशित मितिः कार्तिक ११, २०७६
  • २१७ पटक पढिएको
  • मिथिला रत्न
alt

पपुवा न्युगिनी (पीएनजी) ले पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाएको छ। टी–२० विश्वकपको ग्लोबल छनोटबाट आयरल्यान्ड र पपुवा न्युगिनीले छनोट चरण पूरा गरे।

दुर्बमा भएको विश्वकप क्वालिफायरमा दुई टिमले आ-आफ्नो समूहमा शीर्ष स्थान हासिल गरे। समूह ए मा पीएनजीले आइतबार खेलेको आफ्नो अन्तिम लिग खेलमा केन्यालाई ४५ रनले पराजित गरेको थियो। केन्यालाई हराए पनि पीएनजीको विश्वकपमा स्थान पक्का भएको थिएन। पीएनजीको भाग्य नेदरल्यान्ड र स्कटल्यान्डको हातमा रहेको थियो। जहाँ स्कटल्यान्डले नेदरल्यान्डलाइ १३१ रनको लक्ष्य दिएको थियो। विश्वकपमा पुग्नका लागि नेदरल्यान्डलाई १२-३ ओभरमा लक्ष्य भेटाउनु पर्ने चुनौती थियो। तर टिमले उक्त ओभरमा लक्ष्य नभेट्दा रन रेटमा पीएनजी भन्दा पछि परेको थियो। नेदरल्यान्डले १७ ओभरमा लक्ष्य पूरा गरेको थियो।

उत्कृष्ट रनरेटका आधार आयरल्यान्ड छनोट

समूह बीमा शनिबार भएको अन्तिम लिग खेलमा नेदरल्यान्डले नाइजेरियालाई ८ विकेटले हराएको थियो। तर उसको भाग्य अन्य टिमको प्रदर्शनमा टिकको थियो। दि ओमान, क्यानडा र युएइले आइतबार खेलेको अन्तिम खेलमा फराकिलो जित निकालेको भए। यिनै तीन मध्ये एक टिमले स्थान बनाउन सक्ने थिए। तर अवस्था त्यस्तो रहेन्। जसका कारण राम्रो रन रेटमा आयरल्यान्डले अघिल्लो चरणमा स्थान बनायो।

६ टिमलाई मौका

दुबइमा भएको आइसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा १४ एसोसिएट देशको सहभागिता रहेको थियो। जसमा ६ टिम पीएनजी र आयरल्यान्डलाई आगामी वर्ष विश्वकपमा पहिलो चरण खेल्नका लागि मौका मिल्ने छ। अन्य चार टिमको तय क्वालिफयार टुर्नामेन्टबाट हुने छ। आगामी टी–२० विश्वकप १८ अक्टोबरबाट १५ नोभेम्बर २०२० सम्म सञ्चालन हुने छ।

प्रतिक्रिया दिनुहोस

पि.एम. सी एस्पोटस क्लब द्वारा रक्तदान कार्

काठमाण्डौं :  पि.एम. सी. एस्पोटस क्लब द्वारा आयोजित बृहत रक्तदान तथा मिर्गौला कार्यक्रम सम्मपन भएको छ । यो कार्यमा ५० जना भन्दा बढीले रक्त दान गर्नु भएको छ । पीडित फुलमया लो को निम्ति हाम्रो निमन्त्राणालाई स्वर्कर गरी पाल्नु भएको अतिथिहरु नेपाली कांग्रेस जिल्ला पार्टी सभापति

चीन र इरानमाथिको अमेरिकी प्रतिबन्ध रोक्‍न

काठमाडौं : नेपालका केही बैंक र कम्पनीहरू विदेशीबाट शंकास्पद रुपमा प्राप्त पैसा स्थानान्तरणमा संलग्‍न रहेको पाइएको खोज पत्रकारिता केन्द्र र बजफिडले खुलासा गरेको छ । आइतबार जारी गरिएको अनुसन्धानको प्रतिवेदनले नेपाली कम्पनीहरू र विशेष गरी इरान र चीनको व्यापारमा अमेरिकी प्र

नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण

काठमाडौं । नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेकाे पाइएपछि लुम्बिनी नागरिक समाजले आपत्ति जनाएकाे छ। समाजले चिनियाँ हस्तक्षेपकाे खेदाे खन्दै नेपालमा चीनकाे दादागिरी चल्दै भन्दै चीनविरूद्द नारा लगाएकाे छ। समाजका कार्यकर्ताहरूले नेपालकाे भूमि फिर्ता गर, चिनियाँ बिस्त


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved