न्याय चाहियो सरकार ?? बलत्कारी लाइ कारबाही माग सुखिपुरको छजना भएको सामुहिक वलत्कार अभियुक्त ४ मध्य २ फरार छ्न

  • प्रकाशित मितिः मंसिर १५, २०७५
  • १५९० पटक पढिएको
  • maithiliratna
alt

सिराहा ,मङ्सिर १५ गते । सिराहाको सुखिपुर नगरपालिका वडा नम्बर २ मा भएको सामुहिक बलत्कार घटनाका अभियुक्तलाई कारबाहीको माग गरेका छ्न । छठको खरनाको दिन भएको घटनामा सङ्गलग्न रहेकाहरुलाई करिब दुई हप्ता भन्दा बढि हुन लाग्दा समेत दोसिलाइ कारबाहिको दायरामा ल्याउन नसक्दा स्थानीयले ईलाका प्रहरि कार्यालय पतारिमा नारा जुलुस र हातमा प्ले कार्ड सहित प्रदर्सन गरेका हुन । मानबअधिकारकर्मि सहितको टोलिले उक्त कार्यालयमा धर्ना दिएका हुन । राती घरमै सुतिरहेको अवस्थामा स्थानीय समशुल मिया, इसराफूल मियाँ, छिमेकी गाउँ जगतपुरका सलामद मियाँ र जाकिर मियाँले गाउँकै ३५ वर्षीय महिलामाथि सामुहिक बलात्कार गरेका थिए ।मुखमा कालोपट्टि बाँधेर आएका उनीहरुले महिलालाई निर्घात कुटपीट गरी बेहोस पारेर पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा साना दुई नानीहरु मात्र भएको र नाटकका साउण्डले वरपर बोलेको पनि नसुन्ने मौका छोपेर उनीहरुले महिलामाथि करणी गरेका थिए । महिलाका श्रीमान वैदेशिक रोजगारीको लागि कतारमा छन् । घटनामा महिलाले प्रतिकार गर्दा हातमा टोकेको दाँतको चिनो र घाउका आधारमा दुईजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

बलात्कारमा संलग्नमध्ये समशुल मियाँ र इसराफूल मियाँ नियन्त्रणमा लिएपनि दुईजना अझै फरार छन् ।इलाका प्रहरी कार्यालय पतारीका प्रमुख प्रहरी निरीक्षक भुषण यादवले अपराधमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको र बाँकी २ जनाको पनि खोजी भइरहेको बताए । यता गाउँलेहरुले भने प्रहरीले अपराधी खोजीमा चासो नदेखाएको गुनासो गरेका छन् । यता, अधिकारकर्मीहरुले घटनाको मुद्दालाई फाष्ट ट्रयाकबाट निर्णय लिनुपर्ने माग गरेका छन् । प्रदेस नम्बर २ का सरकारले यतिबेला बेटि बचाउ ,बेटि पढाउ भन्ने नारा लगाइरहेका छ्न । यो अभियानमा सरकारले करोडौं रकम खर्चेर नायिका रेखा थापा देखि बल्तकार गर्दा प्रहरिलाइ तुरुन्त थाहा हुने र घटना हुन नदिन एप्स मा लगानी गरेका छ्न । तर अहिले पनि न्यायका लागि महिला गुहार गरिरहेका छन । न्याय चाहियो सरकार ? भने कुराले सरकारले यसप्रति चासो लिएर कारबाहीको दायरामा ल्याउन स्थानीयहरुले माग गरेका छ्न । यसरि भयो घटना गत कार्तिक २७ गते दिनमा आफ्नो बच्चालाइ लिएर पिडित महिला नाम परिबर्तन ( क्रया) औसधि लिन डक्टर काहा गइरहेको थियो ।

सोही समयमा बाटोमा समशुल मिया र इसराफूल मियाले "भाबी कत जाइ छि " भन्ने बोलाएको थियो । तर पनि आफुले केहि जबाफ नफर्काइ गएको क्रयाले बताइन । छठ पुजाको उपल्क्षयमा गाउँमा खरना को राती नाटकको आयोजना भएको थियोे । नाटकको लागि ठूलो स्वरमा लाउड स्पिकर बोलिरहेको थियो । राती बित्न लाग्यो जब रातीको १ बज्यो अचानक , घरमा सुतिरहेको अबस्थामा घरमा पसि मुखमा पट्टी बाधेर पालै पालो ४ जनाले बलत्कार गरे ,पिडित क्र्याले बताइन । घर नाटक हुने ठाउँ देखि केहि पर मात्र घर रहेको छ । आफू जति कराउँदा पनि चर्को आबाजले बाहिर आबाज नजादा भएभरको सुन , चान्दि सहित नगद समेत लुटेर लगेको दुखेसो पोखिन । साझ खादा दिनको छाक टार्न धौ - धौ परिरहेको पिडितले न्यायको लागि भौतारिदा पनि न्याय नपाएको बताइन । हाम्रो गरिबको न्याय पाउन सजिलो छैन जस्तो भक्कानिएर रुदै भनिन मलाई न्याय चाहियो ? कहा छ् सरकार ? यो देसमा महिला हुनु अभिसाप हो ।

प्रतिक्रिया दिनुहोस

घरेलु मेडियालाई सिध्याउने एक विधेयक

काठमाण्डौ : नेपाल सरकारले घरेलु मेडियालाई सिध्याउने विध्येक लियाउन थाले छ । प्रस्तावित विज्ञापन नियमहरु विधेयकको रुपमा कार्यान्वयन भएमा यसले टेलिभिजन च्यानलहरुलाई महत्वहीन तथा नेपालका टेलिभिजन तथा विज्ञापन उद्योगलाई नै धराशयी बनाउन सक्नेछ । घरेलु मेडिया उद्योगको वृद्धि तथा यसको आ

प्रदेश स्तरीय होम–स्टे कार्याशाला गोष्ठी त

धनकुट्टा : ‘पर्यटनको विकास, समृद्धिको निकास’ भन्ने मूल नाराका साथ प्रदेशस्तरीय होमस्टे कार्याशाला गोष्ठी तथा महोत्सव धनकुट्टा जिल्लाको साघँुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नाम्जेथुम्कीमा एक समारोहका साथ सम्पन्न गरिएको छ ।    कार्यशाला गोष्ठी तथा महोत

जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तर्

सिरहा : सिरहाकाे जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तराष्ट्रिय दिवसकाे अवसरमा सिरहा नगरपालिका वडा न. ७ काे सहयाेग र सङाेर नेपाल मझाैरा ३ सिरहाकाे अायाेजनमा वडा न. ७ का जेष्ठ नागरिकहरूलाई सामान गरि मनाईएका छन् । १५ जना जेष्ठ नागरिकहरूलाई चादर र सुपानेट झुल वितरण गरि कार्य


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved