दाईजोमा मोटरसाईकल नामसारी नगरेको निहुमा श्रीमानले गरे श्रीमतीको हत्या

  • प्रकाशित मितिः मंसिर ७, २०७६
  • ३७०३ पटक पढिएको
  • मिथिला रत्न
alt

मिथिला रत्न,धनुषा धनुषाको मिथिलाविहारी नपा वडा नं. स्थित २२ वर्षीय कुसुम कुमारी मण्डललाई आफनै श्रीमान २५ वर्षीय प्रकाश मण्डलले कुटपिट गरि हत्या गरेको

शुक्रवार राति खाना खाएर सुत्ने बेलामा करिव ११ बजेतिर घरायसी विवाद हुँदा कुटपिट गर्दा कुसुम कुमारी मण्डलको मृत्यु भएको माइतीपक्षले दावि गरेको छोरीलाई कुटपिट गरि हत्या गरेको मृतक कुसुम कुमारी मण्डलकी वुवा जिवछ मण्डलले दावि गर्दै घटनाबारे आफुहरुलाई नातेदारले विहान खवर गरेपछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा आउँदा छोरीको लास पोस्र्टमार्टम वाडमा राखेको पाएको बताए

छोरीको विवाह गर्दा आफुले सवै रकम साहु महाजनबाट ऋण लिएको मोटरसाइकल समेत एजेन्सीबाट लाख उधारोमा खरिद गरेकाले तत्कालै ज्वाइँको नाममा नामसारी गर्न नसकेकाले ज्वाँइले मोटरसाइकल नामसारी गराउन भन्दै छोरीलाई पटक पटक यातना दिदै आएको बताए उनले भने आफुले जसोतसो एक महिना पहिले एजेन्सीको बाँकी रकम तिरेको केही ब्याज वापतको रकम मात्रै बाँकी भएकाले माघ महिनामा तिरेर ज्वाइँको नाममा मोटरसाइकल नामसारी गराउने योजनामा भएकै बेला मोटरसाइकलकै नामसारीको निहुँमा छोरीलाई कुटपिट गरि हत्या गरेको उनले दावि गरेका छन्

यता, मृतक कुसुम कुमारी मण्डलको शव जनकपुरस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि राखिएको प्रहरीले मृतक मण्डलको पति प्रकाश मण्डल ससुरा रामचन्द्र मण्डललाई गिरफतार गरेको प्रहरीले अनुसन्धानको क्रममा उनको पति ससुरालाई प्रहरीले गिरफतार गरेको धनुषाका डिएसपी रामेश्वर कार्कीले बताएका छन्

काकीसंग दिन अगाडी धनुषाको परसुराम तलाउमा भेटेको बेला पति पत्नीले खिचेको फोटो

२०७५ साल बैशाख २८ गते सिरहाको गोलबजार नपा वडा नं. चोहर्वा भाइजी टोलका जिवछ मण्डलको २२ वर्षीय छोरी कुसुम कुमारी मण्डल धनुषाका मिथिला विहारी नपा बजारचोक बस्ने रामचन्द्र मण्डलका २५ वर्षीय प्रकाश मण्डलविच हिन्दु परम्पराअनुसार मागी विवाह भएको थियो

विवाहमा माइती पक्षले नगद लाख ५० हजार, तोला सुन, १५ तोला चाँदी, फर्निचर अपाचे मोटरसाइकल दहेजमा दिएर करिव १५ लाख खर्चेर विवाह गरेको मृतक कुसुमकी आमा शेलो देवी मण्डलले बताइन्

जिल्ला प्रहरी कार्यालय धनुषाको प्राङ्खणमा शनिवार साढे ११ बजे भेटेकी मृतककी काकी पुनम देवीका अनुसार करिव दिन अगाडी धनुषाको मिथिलाविहारीस्थित परसुराम तलाउमा भतिजी, ज्वाँइ उनको सासुलाई भेटेर भलाकुसारी गरेको बताइन् काकी पुनम कुमारी मण्डलले भनिन् भेटेको वेलामा भतिजी सासुसहित आएकी थिइन्, कुराकानी सामान्य रुपमा भएपनि उनको अनुहारमा निकै बेचैनी देखिएको बताइन् भेटेको समयमा सासुले तिम्रो भतिजी मात्रै घरमा अरु बुहारीभन्दा कमजोर काली भएकी बताएकी पुनम कुमारीले बताइन् उनले भनिन् भेटको समयमा आउने माघ महिनामा माइतीमा आउने वाचा समेत गरेकी तर उनी सदाको लागि हामीलाई छोडेर गएको बताउँदै आँखाबाट आँसु झार्दै भनिन् अव मलाई काकी भनेर कसले बोलाउँछिन् निर्दयीले ज्वाइँले भतिजी कुटपिट गर्दै मारेको भन्दै उनलाई पक्राउ गरि कारवाहीको लागि प्रहरीमा उजुरी गर्न आएको बताइन्

 

प्रतिक्रिया दिनुहोस

टिएमएनसीको संयोजकमा अधिवक्ता ठाकुर

मिथिला रत्न,काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् । परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् । परिषद्को प्रचारप्रसार वि

चीनले भूमि मिचेको विरोधमा जनकपुरमा पनि प्र

विजय सिंह  जनकपुरधाम ।  हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले नेपाली भूमी मिचेको विरोध गर्दै शुक्रबार जनकपुरमा प्रर्दशन गरेको छ । चीनले नेपालको रुइ गाउँ कब्जा गरेको र सगरमाथा आफ्नो भएको दाबी गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध अभ

पाकिस्तानी आतंककारीद्वारा वृद्ध मारिएपछि अ

एजेन्सी : पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा उक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए ।    वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved