पपुवा न्युगिनी पहिलो पटक टी २० विश्व कपमा

  • प्रकाशित मितिः कार्तिक ११, २०७६
  • १६९ पटक पढिएको
  • मिथिला रत्न
alt

पपुवा न्युगिनी (पीएनजी) ले पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाएको छ। टी–२० विश्वकपको ग्लोबल छनोटबाट आयरल्यान्ड र पपुवा न्युगिनीले छनोट चरण पूरा गरे।

दुर्बमा भएको विश्वकप क्वालिफायरमा दुई टिमले आ-आफ्नो समूहमा शीर्ष स्थान हासिल गरे। समूह ए मा पीएनजीले आइतबार खेलेको आफ्नो अन्तिम लिग खेलमा केन्यालाई ४५ रनले पराजित गरेको थियो। केन्यालाई हराए पनि पीएनजीको विश्वकपमा स्थान पक्का भएको थिएन। पीएनजीको भाग्य नेदरल्यान्ड र स्कटल्यान्डको हातमा रहेको थियो। जहाँ स्कटल्यान्डले नेदरल्यान्डलाइ १३१ रनको लक्ष्य दिएको थियो। विश्वकपमा पुग्नका लागि नेदरल्यान्डलाई १२-३ ओभरमा लक्ष्य भेटाउनु पर्ने चुनौती थियो। तर टिमले उक्त ओभरमा लक्ष्य नभेट्दा रन रेटमा पीएनजी भन्दा पछि परेको थियो। नेदरल्यान्डले १७ ओभरमा लक्ष्य पूरा गरेको थियो।

उत्कृष्ट रनरेटका आधार आयरल्यान्ड छनोट

समूह बीमा शनिबार भएको अन्तिम लिग खेलमा नेदरल्यान्डले नाइजेरियालाई ८ विकेटले हराएको थियो। तर उसको भाग्य अन्य टिमको प्रदर्शनमा टिकको थियो। दि ओमान, क्यानडा र युएइले आइतबार खेलेको अन्तिम खेलमा फराकिलो जित निकालेको भए। यिनै तीन मध्ये एक टिमले स्थान बनाउन सक्ने थिए। तर अवस्था त्यस्तो रहेन्। जसका कारण राम्रो रन रेटमा आयरल्यान्डले अघिल्लो चरणमा स्थान बनायो।

६ टिमलाई मौका

दुबइमा भएको आइसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा १४ एसोसिएट देशको सहभागिता रहेको थियो। जसमा ६ टिम पीएनजी र आयरल्यान्डलाई आगामी वर्ष विश्वकपमा पहिलो चरण खेल्नका लागि मौका मिल्ने छ। अन्य चार टिमको तय क्वालिफयार टुर्नामेन्टबाट हुने छ। आगामी टी–२० विश्वकप १८ अक्टोबरबाट १५ नोभेम्बर २०२० सम्म सञ्चालन हुने छ।

प्रतिक्रिया दिनुहोस

धनुषामा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपै

मिथिला रत्न,सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५

सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै से

मिथिला रत्न,सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो

गोलबजार,लहान र मिर्चैया नगरपालिका साउन मसा

शिव दयाल यादब, सिरहा । सिरहा जिल्लाको गोलबजार,लहान र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म लकडाउन गरेका छ्न । गोलबजार नगरपालिका आज राती१२ बजे देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पू


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved