हामी जनताको सेवक हो ः प्रदेश मन्त्री साह

  • प्रकाशित मितिः आश्विन १५, २०७६
  • १८८ पटक पढिएको
  • मिथिला रत्न
alt

सिरहा । प्रदेश नं.२ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले मन्त्री जनताको सेवक हो मालिक होइन । जनताको खुन र पसिनाले हामी यो पदमा पुगेका हौ,यसमा तपाईहरुको लगानी रहेको बताउनुभयो ।

सिरहाको विष्णुपुर गाँउपालिकामा स्वास्थ्य चौकी राजपुरको नवनिर्मीत भवनको उद्घाटन गर्नूहुदै उहाँले यस्तो बताउनुभयो ।

आमा बुवाले जन्म दियो,पढायो लेखायो त्यसरी नै तपाईहरुले आफनो लगानीको प्रयासबाट हामीलाई यो पदमा पुगाउनुभयो । हामी सदैव तपाईहरुको ऋणी रहेको बताए । आज प्रदेश २ मा भएको मधेश सरकार यही जनताको देन रहेको वताए ।

एक अर्काे प्रसंगमा मन्त्री साहले केन्द्रिय सरकारले गाँउ गाँउमा सिंहदरवारको नारा लगाए पनि शासन र सत्ता केन्द्रकै रहेको वताए । हामीले चाहेर पनि प्रदेश विकासको लागी केही गर्न नसकेको बताए । यो संघियतालाई समाप्त पार्नका लागी ठुलो चलखेल भईरहेको उनले केन्द्र सरकारलाई आरोप लगाए ।

मन्त्री साहले नवनिर्मित भवनका लागी बर्थिङ्ग सेन्टरको लागि १० लाख बजेट समेत दिने घोषणा गर्नूभयो ।

 

आपका साँसद आपका द्धार ः प्रदेश राज्य मन्त्री मण्डल

 

प्रदेश २ का उद्योग, जपर्यटन बन तथा बातावरण राज्य मन्त्री सुरेश कुमार मण्डलले कार्यक्रमालाई सम्बोधन गर्दै तपाईहरुलेर जिताएर पठाएका साँसद र मन्त्रि तपाईहरकै सम्क्ष  रहेको वताए । मधेशी जनताले दिएको मतले आज प्रदेश २ मा मधेश सरकार भएको वताए ,आपका साँसद आपका द्धार ।

मन्त्रि मण्डलले आज मन्त्रि खोज्नका लागि बाहिर होइन तपाईहरुको माझ भएको बताए । यो सवै उपलब्धि संघियताले गर्दा भएको बताए ।

 

राम्रो भवनमा राम्रो डाक्टरको खाँचो छ  ः अध्यक्ष यादब

 

बिष्णुपुर गाँउपालिका अध्यक्ष जागेश्वर यादबले हामीलाई बर्थिंग सेन्टर भन्दा पनि असल डाक्टरको खाचो भएको बताए । राम्रो डाक्टर भए राम्रो ईलाज हुने भएपछि जनतालाई सहजता महसुस हुने बताए,तब मात्र प्रदेश सरकारको हाम्रोको अनूभुति हुने बताए ।

 

कार्यक्रममा अध्यक्ष यादबले राम्रो भवनमा प्रदेश सरकारले गोदाम घर नबनाई एक अस्पालको रुप दिनको लागी आग्रह गरे । ठुलो सहरमा मात्र डाक्टर भिड भएको बताए,अव त्यस्तो नगरी प्रदेश सरकारले बेलैमा सहर केन्द्रित भन्दा पनि गाँउ केन्द्रित सुविधाहरु थप्न बताए । ग्रामिण भेगमा राम्रो उपचार नपाएर अकालमै ज्यान गएको धेरै उदाहरण भएको बताए ।

अन्त्यमा उहाँले अकालमै र अनाहकमा कसैको ज्यान नजाओस भन्ने अभिप्रायले अव गाँउपालिकाले छिटै एम्बुलेन्सको ब्यवस्थ गर्न लागेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved