२८ करोडका योजना सहित नवराजपुर गाउँपालिकाले गरियो तेस्रो गाउँसभा सर्वजनिक

  • प्रकाशित मितिः आश्विन ४, २०७६
  • ५१ पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt

सिरहा जिल्लाको भारत सिमानासँग जोडिएको विकासका गतिमा रहेको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को गाउँसभा सर्वजनिक गरेको छ ।

गत आर्थिक वर्षमा भौतिक विकास तथा विषयगत विकासमा राम्रो उदाहरण कार्य गरको गाउँपालिकाले उत्साह जनक रुपमा गाउँसभाबाट विभिन्न प्राथमिक कार्यक्रमका साथ योजनाहरु सर्वजनिकिरण गरेको छ । यस वर्ष गाउँपालिकाबाट २८ करोड १८ लाख रुपैया खर्च गर्नका लागि योजना सर्वजनिक गरेको छ । गाउँ कार्यपालिका विषयगत शाखा समेतलाई चालु खर्च तर्फ रु.५ करोड ६६ लाख ११ हजार विनियोजन गरेका छन् भने पुजिँगत खर्च रु. ११ करोड ७८ लाख ८८ हजार खर्च गरिने छ ।  वडा कार्यालय अन्तर्गत चालु खर्च रु. २५ लाख र पूजिँगत तर्फ रु. २ करोड २५ लाख गरिने छ । त्यसैगरी रु. ८२ हजार विषयगत शाखाहरुका लागि ससर्त अनुदान तर्फ खर्च गरिने छ ।

 गत आर्थिक वर्ष भौतिक विकास, कषि क्षेत्र विकास र शिक्षा क्षेत्रमा राम्रो सुधार गरेको गाउँपालिकाले यस वर्ष ठोस कार्यक्रम संचालन गरी विकासको अनुभुती गराउने र  समयमा विकास योजनाहरु कार्यन्वयन गर्न विभिन्न आधारहरु तयार  गरीएकोले सबै वडाहरुका वडाअध्यक्षहरुलाई साथमा लिई विकासका नमूनन बनाउने गाउँपालिका अध्यक्ष विश्वमोहन यादबले कार्यक्रम प्रस्तुत गर्दै प्रवितद्धता गरेको छ । गत वर्ष राम्रो कार्य गरी जनतालाई विकासका उन्मुख तिर अगाडी बढेको गाउँपालिका यस वर्ष समयमा नीति तथा कार्यक्रमहरु कार्यन्वयन गरी जनताका इच्छा चहाना अनुसार कार्य गर्न शुभकानमा व्यक्त गर्नु भयो जिल्ला समन्वय समिति सिरहाको सदस्य छविलाल यादब ।

वडा अध्यक्षहरुका विभिन्न विषयमा देखिएको मतभेतदलाई गाउँपलिकाले समोबोधन गरी विकासका लहर तिर लाग्नका लागि वातावरण तयार गर्ने गाउँपलिका उपाध्यक्ष शोभा कुमारी यादबले बताउनु भयो । विकास कार्यमा बाधक नभई विछडीएको यस ठाउँलाई बनाउने जिम्मेवारीलाई आत्मसाथ गर्दै विकास तिर लाग्ने सबै जनप्रतिनिधिलाई अनुरोध गर्दै जनतालाई सहयोग गरी कार्यक्रम सफल कार्यन्वयन गराउन वडा नं. ५ को वडा अध्यक्ष मनोज कुमार यादबले अनुरोध गर्नु भयो । विकासका नाम कुनै पनि विभेद नगरी सामान विकासका लागि अगाडी बढे हामी जनप्रतिनिधि साथ रहने प्रतिवद्धता वडा नं.१ को वडा अध्यक्ष रामऔतार यादबले बताउनु भयो ।

 कार्यक्रमा सहभागिहरुलाई स्वागत साथ कार्यक्रमलाई सफल तथा गाउँपालिकाले ल्याईएका कार्यक्रमहरुलाई सहयोग साथ अगाडी बढाई दिन सबैलाई प्रविवद्धता साथ सहकार्य गर्न तयार रहेको वडा नं. ४ को वडा अध्यक्ष मदन कुमार यादबले बताउनु भयो । गाउँपालिकाले सर्वजनिक गरेका योजनाहरु आज देखि नै सहयोग तथा सहकार्य साथ कार्यन्वयन गरी समयमा सबै योजना पुरा गरीने प्रतिवद्धता गाउँपालिका प्रशासकिय प्रमुख अम्बेन्द्र कुमार यादबले गर्नुृ भयो ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved