सिरहा जिल्लाको १७ वटै स्थानिय सरकारमा यसरी मनाईयो संविधान दिवस

  • प्रकाशित मितिः आश्विन ४, २०७६
  • १५७ पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt

 

सिरहा । सिरहा जिल्लाको १७ वटा स्थानिय सरकारमा संविधान दिवसको अवसरमा जनप्रतिनिधिहरु फरक फरक भुमिकहरुमा देखिएको छ ।

हुन त सरकारमा रहेको नेपाल कम्यूनिष्ट पार्टिको जनप्रतिनिधि भएका स्थानिय सरकारमा दिपावली गरिईएको छ भने मधेशवादी पार्टिको जनप्रतिनिधि भएका स्थानिय सरकारमा ततष्ट र समान्य रुपमा कार्यक्रमहरु गरिएको छ । जिल्ला भित्र राष्ट्रिय जनता पार्टिको नेता कार्यकर्ताहरुले जुलुस र साझ पख बल्यक आउट कार्यक्रम गरी संविधानको विरुद्धमा नारा बाजि गरेको छ । सरकारमा रहेको समाजवादी पार्टिको नेता कार्यकर्ताहरु संविधान दिवसमा न त हर्सित न त विरोध चिन्ति मुद्रमा सडकबाट देखिएका छ ।

सिरहासदमुकमको जुलुसलाई नेतृत्व गरी बल्यक आउट कार्यक्रम गरेको राजपा नेता तथा प्रदेश नं. २ को उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री नेपालको संविधान २०७२ मधेशको हितमा नरहेको यसलाई संसोधन गरी मधेशी जनताको हित कायम गर्नु पर्छ । यदि सरकारले संविधान संसोधन नगरे राजपा सरकारको विरुद्धमा यसरी नै जनतासँग अधिकारका लागि लडने राज्य मन्त्री सुरेश कुमार मंडलले बताउनु भयो । त्यसैगरी सखुवान्नकारकट्टी गाउँपालिकामा दिपहरु प्रज्वलन गरी संविधान दिवस मनाइएको छ ।

दिवसको अवसर पारी नगर प्रक्रिमा , विधार्थिहरुका अतिरित्त क्रियाकलाप, वृक्षा रोप्न र नेपालको झण्डा फर्हराइ संविधान दिवसको सुभ कामना अदानप्रदन गरिएको गाउँपालिका अध्यक्ष केदार प्रसार यादबले बताउनु भयो । भगवानपुर गाउँपालिकाले समाजवादी पार्टिको निर्देशनलाई पालन गरी कुनै पनि कार्यक्रम नगरेको र संविधान संसोधन नगरे सम्म हामी हर्ष उलासका साथ दिवस नमनाउने अध्यक्ष बेचन प्रसाद यादबले बताउनु भयो ।

नवराजपुर गाउँपालिकाले शिक्षक, विधार्थि र कर्मचारीहरुका सहभागितामा नेपालको झण्डा फर्हराइ संविधानलाई सबैका हितमा संसोधन गर र संविधानलाई कर्यन्वयनका लागि सरकार अगाडी बढ भने नारा साथ दिवस मनाइएको अध्यक्ष विश्वमोहन प्रसाद यादबले बताउनु भयो । बरियारपट्टी गाउँपालिकामा समाजवादी पार्टिको प्रतिनिधि अध्यक्ष संतोष कुमार महतोले पार्टिको निर्देशन भन्दा फरक किसिमले झण्डा फर्हराइ र मोमवत्ती प्रज्वलन गरी संविधान दिवस मनाइएको छ । औरही गाउँपालिकाले सरसफाई ताथ वृक्ष रोप्न कार्यक्रम गरी संविधान दिवस मनाइएको अध्यक्ष सिद्धर्थ यादलबे बताउनु भयो । धनगडिमाई नगरपालिका र गोलबजार नगरपालिकामा पनि विभिन्न कार्यक्रमहरु गरी दिपावली साथ दिवस मनाइएको छ । सुखिपुर नगरपालिकाले सरसफाई तथा रायलि गरी दिवस मनाइएको मिथिला रत्न सहकर्मी कृष्ण मोहन चौधरीले बताउनु भयो । अर्नामा गाउँपालिका भब्यताको साथ मनाएका छन ।  नरहा गाउँपालिकाले दिपावली गरी समान्य कार्यक्रम साथ संविधान दिवस मनाइएको छ । विष्णुपुर गाउँपालिकामा सरसफाई गरी समान्य रुपमा दिवस मनाएको छ । सिरहा नगरपालिकामा कर्मचारीहरुका उपस्थितिमा सरसफाई र वृक्षा रोप्न कार्यक्रम गरेको छ ।

नगरपालिका मेयार असेश्वर प्रसाद यादबले समाजवादी पार्टिको निर्देशन अनुसार कार्यक्रममा सहभागि नभएको ततष्ट बसी संविधान संसोधन गरी सरकारले सबैका संविधान बनाउन माग गर्नु भयो ।

मिचौया नगरपालिकाले सरसफाई, वडाहरुमा वृक्षा रोप्न र दिपावली गरी दिवस मनाइएको छ । कल्याणपुर नगरपालिकाले समान्य रुपमा कार्यक्रम गरी दिवस मनाइएको छ । कर्जन्हा नगरपालिकाले दिवावली गरी दिवस मनाइएको छ । सिरहा जिल्लामा समग्र रुपमा सबै स्थानिय सरकरहरुले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएपनि मधेशवादी नेतृत्वका जनप्रतिनिधिहरुले ततष्ट रुपमा रहि संविधान संसोधनका पक्षमा विचार राखि कुनै उत्साहजनक रुपमा कार्यक्रम नगरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved