जनताको करबाट जनप्रतिनिधिको मस्ती ः कर्जन्हा नपाका जनप्रतिनिधिलाई सुट किन्न १०–१० हजार

  • प्रकाशित मितिः आश्विन ३, २०७६
  • १५४ पटक पढिएको
  • मिथिला रत्न
alt

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाले ५९ जनप्रतिनिधि र मेयरका चालकलाई सुट हाल्न १०–१० हजार बाँडेको खुलेको छ ।

 

जनप्रतिनिधिका लागि टेलरमा तयार पार्न दिइएको सुट जनप्रतिनिधिले नलग्दा सुट तयार पारेको टेलरले समाजिक संजालमै लिलामीमा चढाएपछि यस्तो रहस्य खुलेको हो । सुटको लागि बैंक खातामा निकासा गरिएको रकम जनप्रतिनिधिले अन्तै मासेपछि सुट पाँच महिनादेखि मिर्चैया बजारस्थित सनलाइट टेलरको ह्यांगरमै थन्किएका छन् ।

 

दसैँसम्म कपडा लिन नआए सस्तो दररेटमा बेच्ने भन्दै सञ्चालक विश्वेश्वर मण्डलले सामाजिक सञ्जालमै सुट लिलामीमा चढाएका हुन् । नगरपालिकाले मिर्चैयास्थित गुरुशरण साधुशरण वस्त्रालयबाट कपडा उधारोमा किनेर सिलाउन टेलरमा दिएका थिए ।

 

कपडा उधारो लिएका मेयर पासमानले सनलाइट टेलरलाई प्रत्येक सुटको पाँच हजार र महिलाको कोट सिलाएको ३५ सय ज्याला दिने गरी सिलाइको जिम्मा दिएका थिए । तर, सुट तयार गरिएको पाँच महिना बित्दा पनि अधिकांश जनप्रतिनिधि लिन नआएपछि मण्डलले फेसबुकमार्फत् लिलामीमा बेच्ने सूचना सार्वजनिक गरेका छन् ।

 

सबै जनप्रतिनिधिको पोसाकको रकम भने असारमै व्यक्तिगत खातामा निकासा भइसकेको छ । ५९ जनप्रतिनिधि र एक चालकसहित ६० जनाका लागि ६ लाख निकासा भएको हो ।

 

जनप्रतिनिधिलाई सुटका लागि पैसा बाँड्नेमा कर्जन्हा नगरपालिका नै सिरहाको पहिलो स्थानीय तह हो । यही नगरका कैयौँ विपन्न बस्तीमा नागरिकले पिउने पानी पाएका छैनन् । पत्रकार सुरेन्द्र कामतीले नयाँ पत्रिकामा लेखेको समाचारबाट यो समाग्री सम्पादन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved