राज्य मन्त्रीले खेल मैदानमा रोपिएका विरुवाका कारण खेलाडि खेल खेल्नबाट बन्चित खेल मैदान सुचारु गर्न वातावरण नबनाए चाडै आन्दोनका कार्यक्रमहरु घोषण गर्ने

  • प्रकाशित मितिः भदौ २४, २०७६
  • १६४ पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt

सिराहा,भाद्र २४ गते । सिरहाको सूर्य नारायण सत्य नारायण यादब बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा निजामती दिवसको अवसर पारेर प्रदेश नं. २ को उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मंडलको प्रमुख अथितियमा रोपिएका विरुवाका कारण जिल्ला लिगका तयारीमा रहेका खेलाडीहरुका मैदानको कारण तयारी अवरोध भएको छ ।

क्याम्पसको मैदानमा रोपिएका विरुवाहरु नष्ट हुने र भाँचिने् भन्दै क्याम्पस प्रमुखले मैदानमा खेलन् प्रतिवन्ध गरेको छ । मैदानका चारै तिर विरुवा लागएपनि खोप नलागाएका कारण विरुवाहरु असुरक्षित रहेका छन् । सिरहा क्याम्पस पूर्व प्रमुख युगल किशोर भुजेलको पालमा सिरहा क्रिकेट संघसँग दश वर्ष सम्म खेल तयारीका लागि सम्झौता पनि गरिएको क्रिकेट संघका अध्यक्ष विकल विष्टले बताउनु भयो ।

खेल मैदानमा तयारी गर्दैमा विरुवा भाँचिन्छ जस्तो मलाई लाग्दैन् । हाम्रो पनि विरुवा बच्चाउँने दायित्व छ । तर आचानक कुनै विरुवामा लाग्न सक्छ । त्यसका लागि हामीलाई के गर्नु पर्छ । क्याम्पस पनि विरुवा संरक्षणका लागि उपायहरु अपनाउनु पर्छ । तर त्यसो नगरी खेल तयारी नै अवरोध हुने गरी विरुवा रोप्नु हाम्रो सरकार खेलाडी युुवा प्रति गैर जिमेवार भई प्रस्तुत भईरहेको छ । यदि क्याम्पसले एक हप्त भित्र खेल मैदान सुचारु गर्न वातावरण नबनाए हामी यसका लागि जाँडै आन्दोनका कार्यक्रम घोषण गर्ने विष्टले जानकारी दिनु भयो ।

फुटवल संघसँग पनि क्याम्पसले पाँच वर्षको सम्झौता गरेको छ । एकासी खेलाडिहरुका ध्यानमा नराखि असुरक्षित किसिमले क्याम्पसमा विरुवा रोप्नु सिरहा जिल्ला खेलाडीहरु प्रति राज्यका मन्त्री तथा सम्बन्धी जिल्ला अधिकारी पनि युवाहरुका भविष्य अन्धयारोमा राख्न प्रयास गरेका छन् । क्याम्पस प्रमुखले विरुवा जोगाउनु भन्दा खेलाडीहरु खेल नै बन्द गर्ने किसिमको कुरा गर्नु प्रति हाम्रो ध्यान आकर्षण भएको छ । यसका लागि हामी पनि प्रदेश सरकार र क्याम्पस प्रति विरुद्धमा जाने जिल्ला फुटवल संघ सिरहाका अध्यक्ष अरुण कुमार साहले बताउनु भयो ।

त्यसैगरी यसै विषयमा क्याम्पस प्रमुख कृष्णा कुमार यादबसँग कुरा गर्दा वहाँले जवाफमा भन्नु भयो कि मन्त्री ज्यूकै उपस्थितिमा प्रध्यापक संघ , विधार्थीहरु संघ र जिल्लाका प्रमुख व्यक्तित्वहरुका हस्ताक्षरबाट विरुवा बच्चाउँन्का लागि क्याम्पस खेल मैदान २ महिनाका लागि बन्द गरी खेल पनि संचालन नगर्ने गराउँने निर्णय भएकोले त्यस अनुरुप मैल बन्द गरेको छु ।

खेलाडीका भविष्यलाई पनि ध्यानमा राखि क्याम्पसले ठोस किसिमका घेरा लगाई खेल तयारीका वातावारण पनि सुचारु गर्नु पर्छ र खेलाडीहरु पनि विरुवा संरक्षणका लागि पनि भुमिका खेलि तानवलाई उग्र रुपमा होइन् सहमतिबाट निकाष निकाल्न् क्याम्सलाई ने.वि.संघका केन्द्रिय सदस्य प्रमोद कुमार यादबले दुवै पक्षलाई अनुरोध गर्नु भयो । खेल कुदमा भविश्य देखेका युवाहरुलाई आउँदै गरेको जिल्ला लिग तथा अन्य गेमहरुका कसरी तयारी गर्ने विषयमा चिन्ति भएका छन् ।

सरकारले जिल्ला भित्र खेल मैदान व्यवस्थापन नगरेको कारण आज हाम्रो भविष्य डुबने छन् । यसको जिमेवारी पनि राज्यलाई लिनु पर्छ खेलाडीहरु अनुरोध छन् ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved