सिरहा ः नियमित पठनपाठनको माग गर्दा वडाध्यक्षकै निर्देशनमा कुटिए विद्यार्थी, ५ विद्यार्थी घाईते

  • प्रकाशित मितिः भदौ २३, २०७६
  • ३९० पटक पढिएको
  • मिथिला रत्न
alt

सिरहा । नियमित पठनपाठनको नभएको भन्दै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरु वडाध्यक्षकै निर्देशनमा कुटिएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित रहेको श्रीमावि विष्णुपुर डडौलका विद्यार्थीमाथि आईतबार वडाध्यक्षकै निर्देशनमा कुटपिट भएको हो । विद्यार्थीले लगाएको ताला खोल्न गएका वडाध्यक्ष पक्षधरहरुले विद्यार्थी उपर कुटपिट गरेका हुन् । विद्यालयको अवस्था जर्जर बनाएको र माग पूरा नहुञ्जेल ताला खोल्न नदिने भन्दै प्रतिकार गरेपछि विद्यार्थीहरुलाई निर्घात कुटपिट गरिएको हो । नियमित पठनपाठनको लागि पटकपटक प्रधानाध्यापक र वडाध्यक्षलाई तोकता गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर गत शुक्रबार विद्यार्थीहरुले तालाबन्दी गरेका थिए । कसैले नसुने झैँ गरेको भन्दै विद्यालय र वडा कार्यालय समेतमा विद्यार्थीहरुले तालाबन्दी गरेपछि वडाध्यक्षकै निर्देशनमा उनका पक्षधरहरु वडा कार्यालयको ताला खोल्न गएका थिए । तर, विद्यार्थीहरुले अडान कायम राखेपछि विवाद हुँदा वडाध्यक्षको निर्देशनमा गएका उनका मान्छेहरु विद्यार्थी कुटपिटमा उत्रेको एक स्थानीयले बताए । कुटपिटबाट ५ जना विद्यार्थीहरु घाईते भएका छन् । यता, वडाध्यक्ष दिलिप कुमार यादवले आफ्ना विरोधीहरुले विद्यार्थी उचालेर ताला लगाउन लगाएको प्रतिक्रिया दिए । विद्यार्थी उपर कुटपिट भएको भिडियो समाजिक सञ्जालमा आएपनि उनले कोहीमाथि कुटपिट नभएको दावी गरे । कल्याणपुर नगरपालिका मेयर सूर्यनाथ मण्डलसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved