पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थापनलाई स्थानिय सरकारले प्राथमिकताका योजनामा राख्ने गरे प्रतिवद्धता

  • प्रकाशित मितिः भदौ २३, २०७६
  • २४१ पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt

सिराहा । सिरहा जिल्लाको सबभन्दा बढी बाढीबाट प्रभावित स्थानियतह सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाले बि.एम.जेड., भि.सि.ए., डबलु.एच. एच.का साझेदारीमा र सबल नेपाल, सप्तरीको आयोजनामा गरिएकोे दुई दिने पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थापन विकास योजना विषयका कार्यशाला गोष्ठिमा पूर्ण सरसफाई र खानेपानी सम्बन्धी आधारभुत विषयलाई स्थानिय सरकारको बजेटमा प्राथमिकताका साथ राखिने प्रतिवद्धता सहितको मेयार र उपमेयरले हस्ताक्षर गरेका छन् । कार्यक्रममा हाल सम्म पूर्ण सरसफाई तथा खानेपानी व्यवस्थापनका लागि गरिएका क्रियाकलापहरुलाई निरन्तर रुपमा संचालनका लागि निर्देशिका र व्यवस्थित फोहर व्यवस्थापनका लागि योजनाहरु तय गरेका छन् । सिरहा जिल्ला खुला दिशा मुक्त क्षेत्र घोषण भएपनि हाल स्थानियतहमा शौचालय नबनाएकाहरुलाई बनाउन् र शौचालय प्रयोग गर्नका लागि चेतनामूल कार्यक्रम र दण्ड सजाय गर्न सक्ने जस्ता नियम कानून बनाउने विषयलाई पनि प्राथमिकतामा राखि योजना ल्यइएका छन् । स्थानियतहहरुले विशेष छलफलबाट खानेपानी स्वच्छता र फोहर व्यवस्थापनका लागि नीति नियम सहितका विभिन्न विषयमा कार्य गर्ने जस्ता योजनाहरु सर्वजनिक गरेका छन् । तयार गरेका योजनाहरु बारे विशेष अनुसन्धान र मासिक रुपमा नै अनुगमन गर्ने प्रतिवद्धता सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले बताउनु भयो । फोहर व्यवस्थापनबाट लाभ लिनका लागि यसलाई नगरपालिकाबाट विशेष बजेट छुट्याई वडामा पनि प्रभावकारी कार्यन्वयनका लागि छलफल गरी ल्यइएका योजनाहरु पूर्ण कार्यन्वयन छ महिना भित्र हुने कल्याणपुर नगरपालिका मेयार सूर्यनाथ मंडल प्रवितद्धता गर्नु भयो । त्यसैगरी कार्यशाला गोष्ठिका सहजकर्ता बेलायती नागरिक वईलले आफनो अनुभवहरु सेयर गर्दै पूर्ण सरसफाई तथा स्वच्छता व्यवस्थापनका लागि दिर्घकालिन योजनाहरु बनाई कार्य गरे सफा र स्वच्छ वातावरण बनाउन सफल हुने विश्वास व्यक्त गर्नु भयो । तपाईहरुका स्वास्थ्य र सरसफाई प्रति विभिन्न चरणका योजनाहरुमा सबल नेपाल सदैव सहकार्य गरी दिगो विकासका लक्ष्य र स्थानिय सरकारका स्वच्छता प्रति जिमेवार भई साथ रहने् अध्यक्ष जुना गिरीले बताइन् ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved