अपरिपक जनप्रतिनिधिको मुखै कानून

  • प्रकाशित मितिः भदौ १९, २०७६
  • ४९० पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt

सिरहा,भाद्र १९ गते । सिरहा जिल्लाका नवराजपुर गाउँपालिका वडा नं. ३ मा जनताले जनप्रतिनिधि भन्दा राज ल्यइएको अनूभुति गरिरहेका छन् ।

 कनूनका परिभाषा पनि नबुझने् वडा अध्यक्षले बोलेकै कुरा कर्मचारी पनि मानु पर्ने बाध्यता रहेको वडा सचिव सुनिल कुमार यादबले बताउनु भयो । जनताको हरेका सिफारिस लेख्दा अथवा कार्यलय कार्यका लागि कुनै पनि कागजात तयार गरी वडा अध्यक्ष इस्क कुमार यादबसँग हस्ताक्षर गराउनु पर्दा सबैमा नेपाल सरकारको कानून अनुसार लेखि कुन कानून धारा कति केही जानकारी नराखि सेवा गा्रही तथा कर्मचारीहरुलाई समस्या मात्र दिईरहेको छ ।

नेपाल सरकारले युवालाई विभिन्न स्रोत साधानमा आधारित व्यापर गर्न प्रत्साहन गरिरहेको बेला फार्म दर्ता गराउन आएका युवाहरुलाई तिम्रो जग्गा लाल पटा ल्याइउ र तिम्रो अर्को व्यपार पनि छन् भनि नेपालमा नभएका कानून र स्थानिय सरकारमा नभएका निर्णयहरु पनि आफनो मनपरी गरी जनतालाई समस्या दिईरहेको छ । निजामती कर्मचारीलाई पञ्जिकरण जस्ता कुरामा मात्र हस्ताक्षर गर्न दिईएको कारण आफु कार्यलयमा बस्दा जनताका गुनासाहरु सुन्नु परिहेको यादबले बताउनु भयो । बैँकबाट ऋण का लागि नाता प्रमाणितको लागि चार दिन देखि वडा कार्यलय धाईरहेको छु । तर कार्यलयमा अध्यक्ष जी कहिले भेटेन् आज बाटोमा हेर्दा घरमा आउनु भनेपछि सिफारिस लिई घरमा गई हस्ताक्षर गराएको स्थानिय सेवा ग्राही बिरवल यादबले बताउनु भयो ।

 नेपाल सरकारका तलव भाता खाने वडा अध्यक्षले आफनो व्यपार ईटा भठा र ठेका पटामा कार्यहरुमा बेस्त रहने भएकोले वडा कार्यलयमा कहिले पनि नबसिरहेको स्थानिय सेवा ग्राही र  कार्यलय कर्मचारीहरुले बताउँछन् । जनतालाई कनूनमै नभएको कुरा लगाई किन दु ःख दिनु भएको वडा अध्यक्ष जीसँग सोध्दा जवाफमा मैले आफै ईटा भठा संचालन गर्दा घरेलु तथा साना उधोगले लाल पूर्जा मागेको थियो ।

 त्यसैले म पनि मागेको छु । एक जनाले एउटा व्यपार मात्र गर्न पाउँ र जसको नाममा जग्गा छैन् । उ कसरी किसान भयो । उसको बाबुलाई सिफारिस दिन सकिन्छ तर जग्गा नभएकोलाई दिन मिल्दैन् । त्यसैले मैले त्यस्ता युवाहरुलाई कृषि फर्मका लागि सिरफारी दिदैनन् । वडा कार्यलयमा सेवा बारे आवश्यक जानकारीका वडापत्र नराखि विना प्रमाणित नगदी रसिद काटी जनातहरुसँग राजस्वका नाम भ्राष्टाचार पनि भईरहेको कार्यलयमा  स्पष्ट रुपमा देखिने गरेको छ ।

यस्ता समस्या रहेको स्वीकार्दै कार्यपालिकाको बैठकमा उठाई जनतालाई शासकको रुपमा नभई समन्वयत्मक कार्य गरी विधिका शासनलाई माथि राखि सामाधान खोजिने गाउँपालिका अध्यक्ष विश्वमोहन यादबले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved