एक बैंकको एटीएम कार्ड अर्को बैंकमा नचल्ने

  • प्रकाशित मितिः भदौ १८, २०७६
  • १४१ पटक पढिएको
  • मिथिला रत्न
alt

काठमाडौं–नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) ले केही बैंकका एटीएम मेसिनबाट अनाधिकृत रुपमा रकम निकालिएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेप्सले एक विज्ञप्तिमार्फत कम्पनीका सदस्य बैंकहरु, सूचना प्रविधि सुरक्षा विशेषज्ञ, नियमकारी निकाय अनुसन्धानमा सक्रिय रहेको भन्दै हाल केही समयका लागि कम्पनीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटीएम/पीओएस मेसिनमा मात्र चल्ने व्यवस्था मिलाइएकाे जनाएको छ।

नेप्सले ग्राहकको खातामा रहेको रकममा कुनै असर नभएको र निक्षेपकर्ताका रकम बैंकमा सुरक्षित रहेको पनि जनाएको छ । नेप्सले १८ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई कार्डसम्बन्धी होस्टिङ र स्विचिङको सेवा प्रदान गर्दै आइरहेको छ ।

गत भदौ १४ गते चिनियाँ ह्याकरको एक समूहले एटीएमबाट रकम निकालेको थियो । सो कार्यमा संलग्न ३ नेपालीसहित ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस

लकडाउन जेठ ३२ सम्म, सेना पनि परिचालन गर्ने

१७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी त

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु

१७ जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो । दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना

अल्पसंख्यकमाथिको दमनको लागि पाकिस्तानको नि

काठमाण्डौ : पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले बिहीबार पंजाब प्रान्तको बहावलपुर शहरमा हिन्दू र ईसाई समुदायका मानिसहरुको घर भत्काइएको घटनाको निन्दा गरेको छ। बहावलपुरको याजमानको हिन्दू र ईसाई समुदायका घरहरू ध्वस्त पारिएको छ भन्ने खबरले एचआरसीपी अत्यन्त गम्भीरताको साथ


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved