एटिएम लुट प्रकरण: चिनियाँ दुतावासले भन्यो देशकै बेईज्जत भयो दोषीलाई कडा कारबाही होस् !

  • प्रकाशित मितिः भदौ १८, २०७६
  • १४४ पटक पढिएको
  • मिथिला रत्न
alt

भदौ १७ काठमाडौं पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासका कर्मचारी आइतबार साँझ ह्याकर गिरोहलाई भेट्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए। हामीले गिरोहलाई पक्राउ गरेर सार्वजनिक गरेपछि साँझ करिब ७ बजे नेपालस्थित चिनियाँ दूतावासका फस्ट सेक्रेटरी फिङसा ओलिन आउनुभएको थियो प्रहरी स्रोतले भन्यो।

करिब डेढ घण्टा बसेका दूतावासका कर्मचारीले परिसरका प्रमुख उत्तम सुवेदीलाई समेत भेटेका थिए। सुवेदीलाई भेटेर फिङसा ओलिनले आपराधिक गिरोहका हुन् भने अनुसन्धान राम्रोसँग गरिदिन आग्रह गरेका थिए। ती कर्मचारीले आफ्नो देशको बेइज्जत गरेको भन्दै राम्रोसँग अनुसन्धान गरिदिन आग्रह गरेको स्रोतले बतायो।

चिनियाँ दूतावासको टोलीले गिरोहलाई पनि भेटेको थियो। पक्राउ परेका पाँचैजनालाई भेटेका हुन् प्रहरी स्रोतले भन्यो उनीहरुकै भाषामा केही बेर कुराकानी गरे हामीले बुझेनौं। प्रहरीले चिनियाँ नागरिक ४० वर्षका लु जिया लिङ ३५ वर्षका चेन विन विन ३२ वर्षका झु लियाङ आङ ३० वर्षका क्यु याङ यिङ र २९ वर्षका लिन जिनमिङलाई पक्राउ गरेको थियो। उनीहरुको बयानका आधारमा प्रहरीले सोमबार विमानस्थलबाट सु लुस ली नामका व्यक्तिलाई पनि पक्राउ गरेको छ। सु लुस ली भने चिनियाँ मूलका फ्रान्सेली नागरिक हुन। उनलाई भाग्दाभाग्दै प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved