अब हरेक छोरी लखपती भइ जन्मिने : मुख्यमन्त्री राउत

  • प्रकाशित मितिः भदौ १६, २०७६
  • १३७ पटक पढिएको
  • मिथिला रत्न
alt

सिराहा, भाद्र १६ गते । प्रदेस २ का मुख्यमन्त्री लाल बाबू राउतले छोरा र छोरीलाई हाम्रो समाजमा रहि आएको बिभेदलाई समानता ल्याउनका लागि अब जन्मिने हरेक छोरी लखपती भइ जन्मिने योजना रहेको बताए । बेटि पढाउ बेटि बचाउ अभियान अन्तर्गत साइकल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै श्री राम जानकि प्राबिधिक माबी छ्जनामा मुख्यमन्त्री राउतले छोरा र छोरी एक रथका दुई पाङ्ग्रा हुन । जब सम्म हामी जातीय,लिङ्गमा विभेद अन्त नभए हामी सुन्दर,सान्त र समृद्घ देस,प्रदेस र स्थानीय तहको नारा साकार नहुने बताए । समृद्धिको सपना पूरा गर्न बाहिर नारा लगाएर मात्र नहुने भन्दै हृदय र भित्रि आत्मासँग आत्मसात गरेर अगाडि बढ्नुपर्ने उनको कथन थियो । त्यसैले, अब समानताको लडाइमा २०७५ माघ देखि जन्मीने हरेक छोरीको खाताम एक लाख पचिस हजार जम्मा हुने बताए । समाजिक रुपान्तरणको लागि नारी सशक्तिकरण आवश्यक रहेकाले यसलाई उच्च प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको बताए । सिरहाका विभिन्न पाँट वटा विद्यालयमा एकैदिन चारसय ६२ वटा साईकल वितरण गरिएको छ । मिर्चैयास्थित मोहन उमाविमा १ सय १३, जनता बनवाली बर्छवामा १ सय १२, लहानस्थित लक्षमण ललिता माविमा १ सय ३, राजमावि छजनामा ५७ र मिर्चैया नगरपालिका वडा ७ स्थित बाजुमावि फूलवरियामा ७७ वटा गरी कक्षा ८ मा अध्ययनरत झण्डै ४ सय ६२ जना छात्रालाई साईकल वितरण गरिएको हो । मुख्यमन्त्री राउतले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत एक आर्थिक वर्षमा ४–५ हजार साईकल वितरण गर्ने लक्ष्य लिएकोमा झण्डै १४ हजार जति साईकल बाँडेको जनाए ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved