नवलपरासीका यी मेयर, जसले तलब भत्ता लिँदैनन्

  • प्रकाशित मितिः भदौ १५, २०७६
  • ४३ पटक पढिएको
  • मिथिला रत्न
alt

नवलपरासी । पश्चिम नवलपरासी सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापाले नगरपालिकाबाट कुनै पनि तलब भत्ता नलिइ जनताको काम गर्दै आएका छन् । कांग्रेसबाट निर्वािर्चत मेयर थापाले कुनै पनि शिर्षकमा नगरपालिकाबाट सेवा सुविधा लिँदैनन् ।

मेयर थापाले आफुले पाउने तलब, तेल खर्च, घर भाडा, दैनिक भ्रमण भत्ता, बैठक भत्ता, गाडी सुविधा र नगरपालिकाबाट पाउने हरेक बैठकको भत्ता लिएका छैनन् । नियम अनुसार पाउने सबै सेवा सुविधा समेत सिधै एन आइ सि एसिया बैंकमा स्थापना गरिएको मेयर कोषमा जाने गरी जम्मा गर्छन् । मेयर कोषमा जम्मा हुने रकम आर्थिक रुपमा विपन्न वर्गका विरामी, विभिन्न रोगले ग्रसित विरामी, नगर भित्रका असहाय, अपाङ्ग तथा आर्र्थक समस्याले शिक्षा, स्वास्थ्यबाट वञ्चित भएका व्यक्तिहरुका लागि र अन्य सामाजिक क्षेत्रमा खर्चिदै आएका छन् । कोष स्थापना भएपछी सुनवल नगरभित्रका धेरै विपन्न समुदायका वालवालिकाले पढ्न पाएका छन् । प्राकृतिक प्रकोप बाट पिडित भएकाहरुले राहत पाएका छन् भने उपचार नपाएकाहरुले उपचार पाएका छन् ।

मेयर थापाले कार्यालय समयमा कार्यालयको एक कप चिया मात्र पिँउछन् । मेयरमा निर्र्वािचत हुनु अगावै आफुले नगरपालिकाबाट पाउने कुनै पनि सेवा सुविधाको उपायोग नगर्ने उद्घोष गरेका थापा आफ्नै गाडी चढ्दै आएका छन् र त्यसका लागी इन्धन पनि आफ्नै व्यक्तिगत खर्च बाट खर्चिने गरेका छन् । नगरको कुनै पनि कामले बाहिर जानु परेमा पनि उनि आफ्नै निजी खर्चबाट खर्च चलाउँदै आएका छन् । कहिले वृद्धवृद्धाहरुका लागी मुक्तिनाथ दर्शन गराएर, कहिले आर्थिक कारणले उपचार नपाएकाहरुको औषधिपोचार गरेर, कहिले विपन्न वर्गहरुलाई आर्थिक सहयोग गरेर त कहिले आफ्नै खर्चबाट विकासका पूर्वाधारहरु निर्माणमा सहयोग गरेर उनि सधैंजसो चर्चामा रहने गर्दछन् । धेरै नगरवासीहरुले मनकारी मेयर पाएको वताउछन ।

उनले आफ्नो ५ वर्षे कार्यकालमा राज्यकोषबाट आउने तलब र सोही तलब बराबरको रकममा आफुले त्यतिनै रकम थप गरी सोही रकमबाट नगरभित्रका विपन्न वर्गहरुको स्वास्थ्य शिक्षा क्षेत्रमा खर्चिने योजना बनाएका छन् ।मेयर थापा सफल निर्माण व्यवसायी हुन् । उनि त्रिपती निर्माण सेवा कम्पनिका सञ्चालक हुन् । उनी मेयरमा निर्र्वािचत भएपछी आफ्नो व्यवसाय अरुलाई जिम्मा लगाई बिहान देखी साँझसम्म नगरवासीको सेवामा खटिदैँ आएका छन् ।

प्रतिक्रिया दिनुहोस

लकडाउन जेठ ३२ सम्म, सेना पनि परिचालन गर्ने

१७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी त

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु

१७ जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो । दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना

अल्पसंख्यकमाथिको दमनको लागि पाकिस्तानको नि

काठमाण्डौ : पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले बिहीबार पंजाब प्रान्तको बहावलपुर शहरमा हिन्दू र ईसाई समुदायका मानिसहरुको घर भत्काइएको घटनाको निन्दा गरेको छ। बहावलपुरको याजमानको हिन्दू र ईसाई समुदायका घरहरू ध्वस्त पारिएको छ भन्ने खबरले एचआरसीपी अत्यन्त गम्भीरताको साथ


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved