पाकिस्तानी सेनाको गतिविधि विरुद्ध कदम चाल्न अफगानिस्तानद्वारा संयुक्त राष्ट्रसंघलाई पत्राचार

  • प्रकाशित मितिः भदौ ११, २०७६
  • १२५ पटक पढिएको
  • मिथिला रत्न
alt

काठमाडौं– पाकिस्तानी सेनाले आफ्नो सीमा क्षेत्रमा उत्तेजक गतिविधि गरिरहेको भन्दै अफगानिस्तान सरकारले यस विषयमा आवश्यक कदम चाल्न भन्दै संयुक्त राष्ट्रसंघलाई पत्र लेखेको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई गत साता लेखेको पत्रमा अफगानिस्तान सरकारले पाकिस्तानी सेनाको उल्लङ्घनको कडा निन्दा गर्दै उत्तेजक एवं गैरकानूनी गतिविधिविरुद्ध आवश्यक कदम चाल्न आह्वान गरेको हो । अफगानिस्तान सरकारले पत्रमा पाकिस्तानी सेनाले अफगान भूमिमा सैनिक पोष्ट र छेकबार बनाएको, अगष्ट १९ र २० का दिन कुनार प्रान्तको शेल्तान जिल्लामा २ सय भन्दा धेरै रकेट प्रहार गरेको, आवशीय सम्पत्ति तथा स्थानीय मानिसहरुलाई विस्थापित गर्नेगरी हवाई क्षेत्रको उल्लङ्घन गरेको आरोप लगाएको छ ।

पाकिस्तान सरकारलाई पटक–पटक आग्रह गर्दा पनि पाकिस्तानले आफ्नो गतिविधिलाई निरन्तरता दिएको पत्रमा उल्लेख छ ।
पत्रमा अफगानिस्तान सरकारले संयुक्त राष्ट्रसंघ घोषणापत्रको धारा २, अन्तर्राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानूनको उल्लङ्घन गरेको मा समेत पाकिस्तानको चर्को आलोचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस

लकडाउन जेठ ३२ सम्म, सेना पनि परिचालन गर्ने

१७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी त

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु

१७ जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो । दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना

अल्पसंख्यकमाथिको दमनको लागि पाकिस्तानको नि

काठमाण्डौ : पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले बिहीबार पंजाब प्रान्तको बहावलपुर शहरमा हिन्दू र ईसाई समुदायका मानिसहरुको घर भत्काइएको घटनाको निन्दा गरेको छ। बहावलपुरको याजमानको हिन्दू र ईसाई समुदायका घरहरू ध्वस्त पारिएको छ भन्ने खबरले एचआरसीपी अत्यन्त गम्भीरताको साथ


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved