जरिन खानको खुलासा, ‘सलमान खानसँग मेरो विवाह हुँदैछ

  • प्रकाशित मितिः भदौ ३, २०७६
  • ९५ पटक पढिएको
  • मिथिला रत्न
alt

बलिउड फिल्म वीरबाट बलिउडमा डेब्यू गर्ने अभिनेत्री जरिन खानले बम्बे टाइम्सलाई दिएको अन्तरवार्तामा आफ्नो सलमान खानसँग विवाह हुन लागेको खुलासा गरेकी छिन् तर पछि उनले आफू ठट्टा गरिरहेको र यो कुरा हल्लाको रुपमा फैलिओस् भनेर चाहेको स्पष्टिकरण दिइन् । जरिन खानले सलमान खानको फिल्म वीरमार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । । त्यसपछि उनले थुप्रै सुपरहिट फिल्म गरिन् । बम्बे टाइम्सले जब उनलाई सलमान खानसँग जोडिएको के हल्ला फैलाउन चाहन्छिन् भनेर प्रश्न गर्यो तब उनले यसको जवाफमा भनिन्, ‘सलमान खानसँग मेरो विवाह हुँदैछ ।’

जरिन खानले उनी सलमान खानसँग हुकअप पनि गर्न चाहेको बताइन् । अन्तरवार्ताकै क्रममा जब उनलाई सलमान खान, करण सिंह ग्रोवर र गौतम रोडेमध्ये कसलाई विवाह गर्न चाहन्छिन्, कसलाई मार्न चाहन्छिन् र कोसँग हुकअप गर्न चाहन्छिन् भनेर सोधियो तब उनले भनिन्, ‘म कसैलाई पनि मार्न चाहन्नँ । विवाहमा विश्वास गर्दिनँ किनभने आजको समयको यो मजाक बनेको छ । हुकअपको कुरा गर्ने हो भने सलमान खानमात्रै अविवाहित छन् त्यसैले सलमानसँगै हुकअप गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved