पूर्वपश्चिम राजमार्गमा चक्काजाम, अवस्था तनावग्रस्त !

  • प्रकाशित मितिः श्रावण ४, २०७६
  • ३१६ पटक पढिएको
  • मिथिला रत्न
alt

सिरहा । सिरहाको बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ ।

सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरमा अवस्थित शर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो । शर्पले टोकेपछि उपचारका लागि शर्पदंश उपचार केन्द्र बन्दिपुर गएका अन्दाजी २२ वर्षीय तिलक बरालको मृत्यू भएपछि आक्रोशित स्थानीयहरु चक्काजाम गरेका हुन् ।

अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । हिजो (शुक्रबार) शर्पले टोकेको ९ मिनेटमै आफै मोटरसाईकल चलाएर उपचार केन्द्र पुगेका बरालको उपचारमा लापरवाहीका कारण मृत्यू भएको आफन्तको आरोप छ । उनको हिजै अन्तिम अवस्थामा जनकपुर रिफर गरिएकोमा त्यहाँ पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेको हो । उपचारको लागि दक्ष चिकित्सक नहुँदा पनि त्यही राखेको र पछि अन्तिम अवस्थामा रिफर गरिएका कारण उनको मृत्यू भएको आरोप छ ।

बराललाई गौमन शर्पले टोकेको थियो । यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले प्रदर्शनकारी, प्रहरी र जनप्रतिनिधि समेतको रोहवरमा बसेर सहमति गर्ने शर्तमा विहानैदेखिको चक्काजाम ११ बजे खुलाइएको बताएपनि सहमति हुन नसकेपछि अहिले त्यहाँको अवस्था झन तनावग्रस्त बनेको हो ।

आन्दोलनकारीहरुले चक्काजाम जारी राखेपछि प्रहरी र आन्दोलनकारीबीच झडप हुने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved