बाढी प्रभाबितलाई राहत लिएर घर घर पुगे सरोकारबाला निकाय

  • प्रकाशित मितिः श्रावण २, २०७६
  • ३९ पटक पढिएको
  • राम पुकार यादब
alt

बिष्णुपुर । बिगत केहि दिन अगाडी परेको अविरल बर्षाको कारण सिरहा जिल्लाको बिभिन्न गाउँ,नगर बाढि बाट प्रभावित भएको बेला सिरहा जिल्लाको गाउँपालिका,नगरपालिका ,जिल्ला प्रहरि र जिल्ला प्रशासन समेतले राहत वितरणमा चासो लिएको छ ।

बाढि पिडितको लागि राहत जुटाउने कार्यमा सिरहाको कल्याणपुर नगरपालिका प्रथम रहेको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले बताए । बुधबार बाढि पिडितलाई दृष्टिगत गरी सिरहा जिल्लाको कल्याणपुर नगरपालिका हरेक वडामा बाढि जोखिम क्षेत्र निरिक्षन गर्न पुगेका जिल्ला प्रहरि कार्यालय सिराहाका प्रमुख उमा प्रसाद चतुर्बेदी, प्रमुख जिल्ला अधिकारी सहितको जिल्ला विपद टोलिले राहत जुटाउनमा कल्याणपुर नगरपालिका प्रथम रहेको बताए । जिल्ललाका हरेक सरोकार बला पक्ष सगँ समन्वय गरि बाढि पिडित राहत उद्धारको लागि जिल्ला सिरहा विपद व्यबस्थापन समितिले सिरहाको प्रसाहि लगायत अन्य बाढि जाखिम ठाउँको निरिक्षण तथा अबलोकन गर्नुभयो ।

अवलोकन सगैं प्रमुख जिल्ला अधिकारीले राहत सहि समयमा सही मान्छेलाई पुग्नु पर्ने बताए । अबिरल बर्षा तथा बाढिको कारण बाट प्रभावित कल्याणपुर नगरपालिकाको हरेक वडामा बाढि पिडितलाई तत्काल २० के.जि. चामल, ५ के.जि दाल,५ के.जि आलु,१ क्े.जि.स्वाविन,१ के.जि.नुन,१ के.जि खाने तेल,१ केजि चिनी,९ बाइ १२ को १ त्रिपाल,५ केजि चुरा, १ केजि प्याज,लाइटर पिस,लुगा धुने र नुहाउने साबुन १÷१ पिस राहत वितरण गरिने निर्णय गरेको कल्याणपुर नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृत संजय कुमार साहले जनकारी गराए ।

तत्काल राहत वितरणको लागि विपद ब्यवस्थापन नगर समिति कल्याणापुरले पनि तादरुक्ता देखाएको छ । बुधबार बाढि पिडितको लागि तत्काल राहत जुटाउन बसिएको कल्याणपुर नगरपालिका विपद व्यबस्थापन समितिले हरेक वडामा वडा अध्यक्षको सयोंजकत्वमा सत्य सहि र तथ्यपरक बाढि जोखिममा परेको पिडितहरुको तथ्यांक संकलनमा वडामा गठन गरिएको वडा विपद समिति,त्यहाँको नेपाल प्रहरी,शस्त्र प्रहरी ,सघं संंस्था र संचारकर्मी समेतको संलग्नता रहनु पर्ने जनाएका छन ।सिरहा जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष तथा विपद समिति सदस्य राजदेव यादबले राहत वितरणको लागि परिचय पत्रको ब्यबस्था गर्नुपर्ने धारना राखे ।

हाल कल्याणपुर नगरपालिकामा वडा अध्यक्ष र फोन सम्पर्कको माध्यम बाट अनुमानित बाढि प्रभावित घरधुरी तथ्यांक वडा १ मा १०० घरपरिवार,२ मा २५०,३ मा ५५० ४ मा १५०,५ मा २००,६ मा २५।७ मा १५०,८ मा १००,९ मा २०,१० मा २०, ११ मा ८५ र १२ मा ७५ घरपरिवार रहेको अधिकृत शाहले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved