विद्यार्थीको हत्यामा संलग्न अभियोगमा २ जनालाई आजिवन जेल

  • प्रकाशित मितिः श्रावण १, २०७६
  • १५५ पटक पढिएको
  • मिथिला रत्न
alt

सिरहा, साउन १ गते । सिरहामा एसइई परीक्षापछि थप अध्ययन तयारीका लागि लहानमाडेरा गरी बसिरहेका विद्यार्थीको हत्यामा संलग्न रहेको अभियोग पुष्टि गर्दै सिरहा जिल्ला अदालतल विद्यार्थी हत्यामा २ जनालाई आजिवन जेल सजाय भएको छ भने ५ जनालाई सफाइको फैसला सुनाएको छ । 

हत्याको अभियोगमा लहान ३ का ४२ वर्षीय बसन्त साह र सप्तरीको पश्चिमवर्ती सुरुङ्गा नगरपालिका ५ कुसहाकी ३३ वर्षीया रञ्जुकुमारी मण्डललाई अदालतले मंगलबार आजीवन कारावासको फैसला सुनाएको हो ।

अदालतले उक्त मुद्दाका पाँच जनालाई सफाईसहित एक जनाको मुद्दा मुल्तवीमा राख्ने फैसला गरेको छ । सिरहा जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको इजलासले लहान ३ का भोलाजित सिंह, दिपक शर्मा, मो। मिस्टर राइन, नइम राइन र महेशकुमार यादवलाई सफाइ दिंदै हत्यामा संलग्न रहेका रामानन्द गुप्ता फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको बताइएको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका ८ मलहनमाका करिब १८ वर्षीय श्रवणकुमार साह लहान ३ स्थित लक्ष्मण ललिता कुशवाहा माविबाट २०७३ को एसइइ परीक्षा दिएर थप अध्ययनक लागि आफ्नो भतिजसँग डेरामा बस्दै आएका थिए ।

२०७३ चैत १३ गते साँझदेखि डेराबाट हिंडेका साह भोलिपल्ट दुर्गाप्रसाद महतोको लहान ३ स्थित आँप बगैंचाको रुखमा खुट्टा भुईंमै छुने गरी झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको खुट्टामा तीन चार ठाउँमा चक्कु प्रहार गरिएको घाउ, रगत बगेको र मृतकको खुट्टाले समेत भुइँ छोएको पाइएपछि हत्या गरेर झुण्ड्याइको हुन सक्ने आशङ्काको आधारमा प्रहरीले तत्काल अनुसन्धान तीब्र बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved