मुस्कानको वार्षिकोत्सव कार्यक्रम स्थगित, विपदमा खुशियाली मनाउन सकिन्न ः निर्देशक झा

  • प्रकाशित मितिः असार २९, २०७६
  • ५६ पटक पढिएको
  • मिथिला रत्न
alt

सिरहा,२९ असार ।गत बुधबार देखिको अविरल वर्षा र बाढिको कारण जनजीवन अस्त व्यस्त बनेको विपद घडिलाई मध्यनजर गर्दै रेडियो मुस्कान ९६.५ मेगाहर्जले आफनो पुर्वनिर्धारित बार्षिकोत्सव कार्यक्रम स्थगित गरेको छ ।झा ब्रदर्श मिडिया हाउस प्राईभेट लिमिटेडका संचालक एवं रेडियो मुस्कानका प्रबन्ध निर्देशक शितल कुमार झाले वर्षा र बाढिको कारण देशभरकै जनजीवन अस्त व्यस्त भएको बेला कुनै पनि हालतमा खुशियाली मनाउन नसकिने भन्दै उनले भने —‘ सिराहा सहित देशभर अहिले विपदमा परेको छ , हजारौं व्यक्ति समस्यामा छन हामी कसरी खुशियाली मनाउन सक्छौं त्यसैले निर्धारित भईसकेको वार्षिकोत्सव कार्यक्रम स्थगित गरेका हौं । ’ यहि असार ३१ गत्ते स्थानीय न्यु रमझम साँझ होटलको सभाकक्षमा रेडियो मुस्कानको प्रथम वार्षिकोत्सव समारोह मनाउने सम्पुर्ण तयारी भईसकेको बेला कार्यक्रम स्थगित गर्नु सजिलो नभए पनि विपदको घडीलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको निर्देशक झाको भनाई छ ।रेडियोले ३१ गत्ते मनाउने भनिएको वार्षिकोत्सव कार्यक्रम अहिलेलाई स्थगित गरिएको र अवस्था सामान्य भएपछि मात्रै अर्को मिति निर्धारण गरिने उनले बताए ।‘ मिथिलाक शान’ मुलनाराका साथ २०७५ असार ३१ गते सिरहाको सदरमुकाम सिरहामा रेडियो मुस्कानको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved