कमला नदी बाढीपिडितले सरकार खाेज्दै जिल्ला प्रशासन कार्यलयमा गरियाे नारावाजी

  • प्रकाशित मितिः असार २९, २०७६
  • १७५ पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt

 मिथिला रत्न,सिरहा :  सिरहा र धनुषा बिचबाट बग्ने कमला नदीका बाढीबाट घरवार विहिन पिडित परिवार कास ,बाँस र कपास खाेजदै जिल्ला प्रशासन कार्यलय सिरहामा रहातदे र सर्पबाट बच्चन लाईटका व्यवस्था अभिलम्ब गर नारा लगाउँदै नेपाल सरकार खाेजदै सदरमुकाम सिरहा पुगेका छन् ।

२६ गते देखि घरमा पानी छन् । सर्पकाे टाेकाईबाट एक जना घयाल छ । घरमा कुनै अन्न छैन । सफा खानेपानी , वर्षबाट बच्चने त्रिरपाल छैन् । निकमा स्थानिय सरकारकाे हाल सम्म काेही पुगेकाे छैन् । फाेन गर्दा मेयर र उपमेयरका फाेन उठदैन् । हामी पिडित बाढीसँग लडेर भाेख भाेकै कमला नदीमा फसेका छाैँ ।

नेपाल सरकारकाे अाज माथिबाट हेलिक्पट्रर गएकाे देखे तर हामीलाई चाहिने राहत र राति बस्ने सामनकाे व्यवस्था कसैले गरेका छैन् पिडित रामनारायण माेचिले बताउनु भयाे । हामी ३०० जना दलित परिवार घरवार विहिन अवस्थामा छाैँ ।वडा अध्यक्षले हिजाे २ वटा माेमवती र चुरा दिनु भएकाे थियाे । अब हामीसँग राहतका लागि पैसा छैन् । तिमिहरू जिल्ला प्रशासन कार्यलय जाउ भन्छ । अाज जिल्ला प्रशासन कार्यलय अाएका छाैँ ।

जिल्ला अधिकारीसँग भेट भईरहेकाे छैन् । यहाँका अधिकार‌हरूले भन्छ हामी केही गर्न सक्दैन् । तिमिहरू अाफनाे स्थानिय सरकारमा जाउ । हाम्राे कुरा कसैले सुनिहेका छैन् । स- साना छाेरा छाेरी छाेडेर नदी तरेर याहाँ पुगियाैँ । तर हाम्राे नेपाल सरकार भेटेन् । स्थानिय सरकारमा बिपतका नाममा कराेडैँ बिल मिलान हुन्छ । तर हामी कास ,बाँस र कपासका लागि सरकार खाजदैछाैँ । नेताहरूले विपत टरेपछि रहात लिएर अाउँछ ।

धेरै अाफै खान्छ , थाेरै अाफना चिनजानलाई दिन्छ र केही बचेका हामी दलित परिवारलाई दिई फाेटाे खिचाई जान्छन् । हामीलाई अहिले १ लि. मट्टीतेल , त्रिरपाल , खाना र सफापानी चाहिएका छन् । तर घरपरिवारलाई बाढीमा छाेडि सरकारका ढाेका खट खटाउदैछु । सरकार कुनै प्रतिनिधि भेटन अाएकाे छैन् ।

नेपाली सेनाले उद्वर गरयाे । तर उहाँसँग हामीलाई चाहिने सामग्रीहरू छैन् । पिडितका नाममा लुटने नेताहरू हामीलाई हालसम्म हेरन् अाएका छैन् । स्थानिय सरकारका जनप्रतिनि एसि चलाई बसेका छन् । हामी खाना र बाँस खाेजदै छाैँ पिडित राज कुमार पासमानले बताउनु भयाे । सिरहा जिल्ला भरी यस्तै बढी पिडित पिडामा छन् । तर विपतका लागि ल्यएका बजेट स्थानिय सरकारमा कर्मचारी र जनप्रतिनिधिका खल्तिमा पुगिसकेकाे छ । संघ र प्रदेश सरकार निर्देशन तथा पिडितका ३ तीन चार लाख लिलामीमा व्यस्त छन् । जनता भगवान भराेसे । विभिन्न गैर सरकारी संस्थाहरू चन्दामा व्यस्त छन् । सरकार कहाँ छ ? जय हाे गणनतन्त्र सरकार ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved