आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन सुझाव

  • प्रकाशित मितिः असार २९, २०७६
  • ३२ पटक पढिएको
  • मिथिला रत्न
alt

सिराहा ,असार २९ गते । मनसुन न्यून चापीय रेखा देशको मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी क्षेत्र नजिक रहेकाले मनसुन अझै पनि सक्रिय अवस्थामै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै मध्य र पूर्वी नेपाल नजिकै बनेको न्यून चापीय क्षेत्र कमजोर बन्दै गएको भए पनि अझै कायम रहेकाले देशभर मनसुन अझै पनि सक्रिय अवस्थामा रहेको मौसमविद मीनकुमार अर्यालले बताएका छन् । तर अघिल्ला दिनको तुलनामा आइतबार मनसुन केही कमजोर हुँदै गएको र बिस्तारै कमजोर हुँदै जाने उनले बताए । आइतबार दिनभर देशभरको मौसम बदली हुने र धेरै क्षेत्रमा पानी पर्ने मौसमविदले बताएका छन् ।

पूर्व र मध्य क्षेत्रका केही तथा पश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद अर्यालले बताए । तर आइतबार अभिल्ला दिनजस्तो अविरल वर्षा हुने सम्भावना भने नरहेको उनले बताए । तर केही दिन सतर्कता अपनाउन मौसमविदको आग्रह गरेको छ । देशको पूर्व र मध्यक्षेत्रका केही स्थानमा र पश्चिमी भू–भागको एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले पूर्व र मध्यक्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने विभागले जनाएको छ । पूर्वी, मध्य र पश्चिमी तराई क्षेत्रका नदीमा जलको बहाव र स्तर हल्का बढ्न सक्ने भएकाले सतर्कता अपनाउनसमेत भनिएको छ ।

साथै देशभर विशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटीका कारण अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका जनजीवन प्रभावित भएको छ । हालसम्म ४३ जनाको ज्यान गएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved