कमला नदिमा फसेका ९ जनाको हेलिकप्टरबाट उद्घार

  • प्रकाशित मितिः असार २८, २०७६
  • ५२९ पटक पढिएको
  • मिथिला रत्न
alt

मिथिला रत्न,सिराहा । कमला नदीमा फँसेका १८ जनाकै उद्धार गरिएको छ । धनुषाको सघारा र सिरहाको बस्पिटटा बीच कमला नदीमा निर्माणाधीन हुलाकी सडकको पुल बनाउने क्रममा बाढीमा फँसेका ईन्जिनियर सहित ९ जना कामदारलाई नेपाली सेनाको हेलिकप्टरबाट शनिवार साँझ उद्धार गरिएको छ ।

बिहीबार साँझदेखि बाढीमा फँसेका उनीहरुलाई ३३ घण्टापछि नेपाली सेनाको हेलिप्टरले उद्धार गरेको धनुषाका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । नदीमा बाढीको बहाब उच्च भएपछि निस्किन नसकेका उनीहरुलाई हिजोदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र गोताखोरले प्रयास जारी राखेका थिए ।

तर नदीमा पानीको बहाव उच्च भएकाले सफल हुन सकेको थिएन भने मौसम खराबीको कारण हेलिकप्टर आउन नसक्दा उद्धारमा समस्या भएको थियो । यस्तै बिहीबारदेखि नै कमला नदीमा फँसेका ९ जना सर्वसाधाराणको शनिवार उद्धार गरिएको छ ।

धनुषाको सहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरियाको सक्रियतामा सिरहा कल्याणपुर नगरपालिका–५ निर्दनाका ५ जना र धनुषाको कमला नगरपालिका ७ का ४ गरी ९ जनलाई उद्धार गरिएको हो । उनीहरुलाई नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved