Breaking News : कमला पुलमाथि चढयो बाढी, हजारौं सर्वसाधारण गाउँमै फँसे !!

  • प्रकाशित मितिः असार २८, २०७६
  • २०२ पटक पढिएको
  • मिथिला रत्न
alt

मिथिला रत्न ,सिराहा । भारत विहार राज्यको मधुबनी जिल्लाको जयनगर स्थित रहेको कमला पूल उपर बाढीको पानी चढेपछि हजारौं सर्वसाधारण गाउँमै फँसेका छन् ।

धनुषा र सिरहाको सिमा भएर बग्ने कमला नदी भारतसम्म गएको छ । सो क्रममा नेपाल र भारतको बोर्डरमै रहेको जयनगर बजार स्थित कमला पूल माथिबाट पानी चल्न थालेपछि जनजीवन त्रासमय भएको छ । स्थानीयहरुमा भागमभाग भएको छ भने अहिले सम्म कुनै सुरक्षा निकायका व्यक्तिहरु नपुगेको बताइएको छ ।

नेपाल र भारतको बोर्डरमै रहेको कमला पूल उपर पानी चढेपछि जयनगर बस्ने एक युवक लेख्छन् , - "जयनगर कमला पुल के उपर से पानी जाना मतलब खतरा का संकेत। आसपास के पंचायतों के गाऊ में हजारों लोग फंसे हुए है, अभी तक कोई बचाव दल या प्रशासन कोई बचाव कार्य और न ही राहत सामग्री पहुंचा पाया। घटना हो जाने के बाद सांत्वना देने पहुंच जाएगा सभी नेता के साथ। मै आसपास के लोगों से अपील करता हूं येक दूसरो का सभी सहयोग करे,धैर्य बनाए रखे सब ठीक होगा ।

- अर्थात् कमलाको पूलमाथिबाट पानी चल्नु मतलब खतरोेका संकेत हो । आसापासका गाउँहरुमा हजारौ सर्वसाधारण फँसकेका छन् तर अहिलेसम्म कुनै बचाउ दल वा प्रशासनबाट कुनै बचाउको कार्य नभएको तथा अहिलेसम्म कुनै समाग्री समेत नपुरयाएको हो । घटना भएपछि सान्तावना दिन नेताहरु पुग्नेछ । म आसापासका सर्वसाधारणहरुलाई अपिल गर्न चाहन्छु की एकअर्कालाई सहयोग गरौ, धैर्य गएर बसौं, सब ठिक हुन्छ । जयनगरको पूल पारी रहेको भारतको कैयौं गाउँ डुबानमा परेर हजारौं सर्वसाधारणहरुमा त्रास फैलिएको छ ।

एक मात्र बाटो पूल भएको हुनाले जयनगर तर्फबाट राहत लिएर जान समेत कठिनाई हुने भएकोले समयमै प्रशासनले ध्यान भने दिएको छैनन् । कमलाको पूल माथिबाट पानी चल्नुको अर्थ खतराको घण्टी बजेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved